मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

‘असारे पानी साउने झरी’ मा सन्दीप र बिनाको रोमान्स

मङ्गलबार, १६ असार २०८३, १० : ३१
मङ्गलबार, १६ असार २०८३

सारांश

  • गायक तथा सङ्गीतकार सहन प्रधानले ‘असारे पानी साउने झरी’ बोलको नयाँ असारे गीत सार्वजनिक गरेका छन् ।
  • गीतमा रामचन्द्र काफ्लेको स्वर छ र यसमा नेपाली मौलिक पारम्परिक बाजाहरू प्रयोग गरिएको छ ।
  • सन्दीप लोहनी र बिना राउत अभिनित म्युजिक भिडियोको निर्देशन शुभम भुजेलले गरेका हुन् ।

काठमाडौँ । गायक तथा सङ्गीतकार सहन प्रधानले असारे गीत सार्वजनिक गरेका छन् । रामचन्द्र काफ्लेको स्वर रहेको गीतमा नेपाली मौलिक पारम्परिक बाजाहरू पञ्चेबाजा, नर्सिङगा, धिमे, भुस्या, सारङ्गी आदि प्रयोग गरिएको छ ।

गीतको सङ्गीत संयोजन विशाल गुरुङले गरेका हुन् । हिलोसँगको हाम्रो माया, खेतको हरियाली र किसानको अथक परिश्रममा समर्पित गीतको म्युजिक भिडियोमा सन्दीप लोहनी, बिना राउत लगायतका कलाकारको अभिनय छ । भिडियोको निर्देशन शुभम भुजेलले गरेका हुन् ।

भिडियोमा कोरियोग्राफी पुनम श्रेष्ठ, छायाङ्कन देव दोर्जे लामा र सम्पादन सुभाष भट्टको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप