फोटो फिचर
सडकपेटी आश्रित दृष्टिविहीन नागरिक ९ दिनदेखि प्रदर्शनमा (तस्बिरहरू)
मङ्गलबार, १६ असार २०८३, ११ : ४८
सारांश
- सडकपेटीमा आश्रित दृष्टिविहीन नागरिकहरूले आफ्ना माग राख्दै काठमाडौँको माइतीघरमा लगातार ९ दिनदेखि प्रदर्शन जारी राखेका छन्।
- काठमाडौँ महानगरपालिकाले सडकपेटी, मठमन्दिर तथा सार्वजनिक चोकहरूमा जीवनयापनका लागि काम गर्न नदिएको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन्।
- उनीहरूले मर्यादित रूपमा काम गर्न दिनुपर्ने, योग्यता अनुसार रोजगारी वा बेरोजगार भत्ता स्वरूप प्रतिमहिना २० हजार रुपैयाँ उपलब्ध गराउनुपर्ने माग गरेका छन्।
काठमाडौँ । सडकपेटीमा आश्रित दृष्टिविहीन नागरिकहरूले आफ्ना माग राख्दै काठमाडौँको माइतीघरमा लगातार ९ दिनदेखि प्रदर्शन जारी राखेका छन्।
काठमाडौँ महानगरपालिकाले सडकपेटी, मठमन्दिर तथा सार्वजनिक चोकहरूमा जीवनयापनका लागि काम गर्न नदिएको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन्।

प्रदर्शनमा सहभागीहरूले नगर प्रहरीबाट दमन हुने, दिनभर होल्डिङ सेन्टरमा राखिने तथा विशेषगरी महिलामाथि अभद्र व्यवहार हुने गरेको आरोप लगाएका छन्।

उनीहरूले दृष्टिविहीन नागरिकलाई सडकपेटीमा मर्यादित रूपमा काम गरेर जीविकोपार्जन गर्न दिनुपर्ने, योग्यता अनुसार रोजगारीको व्यवस्था गर्नुपर्ने माग गरेका छन्।
_5hbihCctZS.jpg)
साथै, राज्यले रोजगारी उपलब्ध गराउन नसके बेरोजगार भत्ता स्वरूप प्रतिमहिना २० हजार रुपैयाँ उपलब्ध गराउनुपर्ने उनीहरूको माग रहेको छ।
_QWYt2IsOSo.jpg)














Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण