मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

१५ वर्ष कैद सजायका फरार कैदी कपिलवस्तुबाट पक्राउ

मङ्गलबार, १६ असार २०८३, १४ : ५९
मङ्गलबार, १६ असार २०८३

कपिलवस्तु । लागूऔषध मुद्दामा १५ वर्ष कैद सजाय ठहर भई कारागारबाट फरार रहेका एक कैदीलाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार विजयनगर गाउँपालिका–४ डुडेपुरका ३३ वर्षीय बल्लु भनिने बहादुर यादवलाई विशेष सूचनाका आधारमा जोलाही चोकबाट पक्राउ गरिएको हो।

यादवलाई दाङ जिल्ला अदालतले लागूऔषध मुद्दामा पाँच वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवाना तथा कपिलवस्तु जिल्ला अदालतले अर्को लागूऔषध मुद्दामा १० वर्ष कैद र ७५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। दुवै फैसलाअनुसार उनले कुल १५ वर्ष कैद सजाय भुक्तान गर्नुपर्ने थियो।

प्रहरीका अनुसार उनी २०८२ भदौ २४ गते दाङ कारागारबाट फरार भएका थिए।

पक्राउ परेका यादवलाई जिल्ला अदालत कपिलवस्तुमा उपस्थित गराई आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रिपेन्द्रकुमार सिंहले जानकारी दिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप