कान्ति लोकपथमा रात्रिकालीन सवारी आवगमन पूर्ण रूपमा बन्द, यस्तो छ नयाँ तालिका
सारांश
- मनसुनको जोखिमलाई मध्यनजर गर्दै कान्ति लोकपथ राजमार्गमा रात्रिकालीन सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ ।
- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचना बमोजिम ललितपुर प्रशासनले यो कदम चालेको हो ।
- यो नियम अर्को सूचना प्रकाशित नभएसम्मका लागि लागू रहनेछ ।
ललितपुर । जिल्ला प्रशासन कार्यालय ललितपुरले हाल मुलुकभर मनसुन सक्रिय रहेको अवस्थामा विपद्को जोखिमलाई मध्यनजर गर्दै कान्ति लोकपथ राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको असार १४ गतेको आवश्यक सतर्कता अपनाउने सम्बन्धी सूचना बमोजिम ललितपुर प्रशासनले यो कदम चालेको हो ।
मनसुनजन्य घटनाबाट राजमार्गमा हुन सक्ने क्षति न्यूनीकरण गर्न तथा यात्रु र सवारी सुरक्षालाई ध्यानमा राखी मकवानपुर जिल्लाको समन्वयमा यो निर्णय गरिएको प्रशासनले जनाएको छ । कार्यालयद्वारा जारी सूचना अनुसार कान्ति लोकपथ राजमार्ग हुँदै मकवानपुर-सिन्धुली जाने सार्वजनिक तथा निजी यात्रुवाहक सवारी साधनहरूलाई असार १६ र १७ गते रातिको समयमा चल्न दिइने छैन ।
जसअनुसार आज असार १६ गते साँझ ५:०० बजेदेखि भोलि असार १७ गते बिहान ५:०० बजेसम्म सवारी आवगमन पूर्ण रूपमा बन्द रहनेछ । यसैगरी, भोलि असार १७ गते साँझ ५:०० बजेदेखि पर्सि असार १८ गते बिहान ५:०० बजेसम्म पनि सो मार्गमा सवारी साधन सञ्चालन गर्न पाइने छैन ।
अर्को सूचना प्रकाशित नभएसम्मका लागि यो नियम लागू रहने ललितपुरका प्रशासकीय अधिकृतले हस्ताक्षर गरेको सूचनामा उल्लेख छ । हाल देशभर वर्षा भइरहेकाले जुनसुकै समयमा पनि विपद्को अवस्था सिर्जना हुन सक्ने सम्भावनालाई ध्यानमा राखेर तटीय र जोखिमपूर्ण सडक खण्डहरूमा यात्रा गर्दा सावधानी अपनाउन आग्रह गरिएको छ ।
रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाइएका कारण यात्रुहरूमा पर्न जाने असुविधाप्रति जिल्ला प्रशासन कार्यालयले क्षमासमेत मागेको छ ।
_3J0exd55a2.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनाबाट हुने क्षति कम गर्न चुनौती
-
पश्चिम एसिया सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी
-
९७ प्रतिशत बालबालिकालाई दादुराविरूद्धको खोप
-
खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा
-
५० हजार विद्युत् मिटर सातै प्रदेशमा पठाइयो, नयाँ मिटरका लागि निवेदन दिन आग्रह
-
स्कुल बसले किच्दा बालिका र सहचालकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण