‘लेनिन’ मार्फत ठुलो पर्दामा फर्किँदै अभिनेता अखिल अक्किनेनी
सारांश
- अभिनेता अखिल अक्किनेनी तेलुगु फिल्म ‘लेनिन’ मार्फत ठुलो पर्दामा पुनरागमन गर्दैछन् ।
- ट्रेलरमा लेनिन र भारतीबीचको प्रेमकथालाई गाउँको हिंसात्मक लडाइँको बीचमा देखाइएको छ ।
- फिल्मको प्रदर्शन मिति जुन २६ बाट सार्दै जुलाई १० मा पुर्याइएको छ ।
मुम्बई । दक्षिण भारतीय अभिनेता अखिल अक्किनेनी ठुलो पर्दामा कमब्याक गर्दैछन् । उनको कमब्याक तेलुगु फिल्म ‘लेनिन’ को ट्रेलर सार्वजनिक भएको छ, जसमा एउटा प्रेमकथालाई गाउँको हिंसात्मक लडाइँको बिचमा देखाइएको छ ।
करिब तीन मिनेट लामो ट्रेलरमा अखिलको पात्र ‘लेनिन’ र भाग्यश्री बोर्सेको पात्र ‘भारती’ बिचको रोमान्स देखाइएको छ । तर, बिस्तारै यही प्रेम एक ठुलो टकराव र हिंसात्मक सङ्घर्षको कारण बन्न पुग्छ । ट्रेलरमा यो लडाइँलाई ‘महाभारत’ को कुरुक्षेत्रसँग पनि जोडिएको छ र एउटा संवाद सुनिन्छ, ‘‘प्रेमभन्दा ठुलो कुनै युद्ध हुँदैन ।’ ट्रेलरको अन्त्यमा लेनिनको भूमिका पूर्ण रूपमा परिवर्तन भएको देखिन्छ ।
चलचित्रलाई मुरली किशोर अब्बूरुले लेखन तथा निर्देशन गरेका हुन् । फिल्ममा शिवाजी, ब्रह्माजी, ईश्वरी राव र सुनिल पनि महत्त्वपूर्ण भूमिकामा देखिनेछन् । फिल्मको संगीत थमनले तयार पारेका हुन्, भने सम्पादन नवीन नूलीले र छायाङ्कन लियोन ब्रिटोले सम्हालेका छन् ।
फिल्मको प्रदर्शन पहिले जुन २६ का लागि तय गरिएको थियो, तर अहिले यसलाई सारेर जुलाई १० पुर्याइएको छ । फिल्म नागार्जुन र सूर्यदेवरा नागा वंसीले निर्माण गरेकी हुन् ।
अखिल अक्किनेनी पछिल्लो समय सन् २०२३ को फिल्म ‘एजेन्ट’मा देखिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारका १०० दिनः सुशासन, भ्रष्टाचार नियन्त्रण र सम्पत्ति छानबिनमा केन्द्रित
-
तरुण दलले कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्न ७७ जिल्लामा खटायो प्रतिनिधि
-
सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ : परराष्ट्रमन्त्री खनाल (अन्तर्वार्ता)
-
कांग्रेसले प्रतिनिधिसभामा भन्यो– राहदानी छपाइमा दोषी जोसुकै भए पनि कारबाही होस्
-
राजनीतिक दलको संलग्नता भए रेडक्रसबाट अलग हुनुहोस् : नेपाल रेडक्रस सोसाइटी
-
हात्तीपाइले रोग लगाउने परजीविबारे अध्ययन सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण