अग्नि मोटो इन्कले ल्यायो विद्युतीय सवारी ई–अल्फा थ्री ह्वीलर
काठमाडौं । महिन्द्रा टु ह्वीलर्स नेपालको लागि आधिकारिक विक्रेता अग्नि मोटो इन्कले शून्य उत्सर्जन गर्ने नयाँ विद्युतीय सवारी ई–अल्फा थ्री ह्वीलर तराई क्षेत्रको, बुटबल, भैरहवा, लाहान तथा विराटनगरमा ल्याएको छ ।
यो तिन पाङ्ग्रे सवारी एकपटक चार्ज गरेपछि ८५ किलोमिटरसम्म गुड्न सक्छ । २५ किलोमिटर प्रति घण्टाका दरमा कुद्न सक्ने क्षमता यसमा रहेको छ । १००० वाटको मोटर तथा कन्ट्रोलर भएको यस सवारीमा ४८ भोल्ट १२० ए एच को व्याट्री लाग्दछ ।
इ–अल्फा मिनिमा आकर्षक भित्री डिजाइन रहेको छ, रुवस्ट बडी, फुल क्यानोपि, स्टाइलिस ब्याक ड्यासबोर्ड, चुस्त सस्पेन्सन, सिफ्टिङ्ग क्लच तथा चेसिस र ठूलो बस्ने क्याविन रहेको छ । यसमा यात्रुहरुलाई सहजता एवं चालकलाई सुविधा मिल्ने छ ।
यसमा धेरै भारबहन क्षमता, अधिकतम सुविधा रहेको छ । अन्य प्रतिस्पर्धी सवारीहरुको तुलनामा यो चढ्न र चलाउन अझ बढी सहजता मिल्ने कम्पनीले बताएको छ ।
“सवारी शानको भरोसा महिन्द्राको” भन्ने नाराका साथ बजारमा ल्याइएको यस सवारीको विशेषता भनेको शून्य उत्सर्जन रहेको छ, यो पूर्ण रुपमा वातावरण मैत्री तथा सुरक्षित सवारीको रुपमा रहनेछ । ई–अल्फामा कम्पनीले २ वर्षको वारेन्टी, व्याट्रीमा ६ महिनाको वारन्टी तथा ६ महिनासम्म निःशुल्क सर्भिसिङ्ग उपलब्ध गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीसँग कुनै विवाद छैन, हामी निरन्तर संवादमा छौँ : अर्थमन्त्री
-
दित्य ओभरसिजबाट ठगिएकालाई २४ लाख क्षतिपूर्ति
-
बागमतीको प्रादेशिक संरचना निर्माण प्रक्रिया अघि बढाउन मन्त्री रायमाझीको निर्देशन
-
मिनीट्रकको छतमा ‘फल्स बटम’ बनाएर लुकाइएको ४५४ केजी गाँजासहित एक जना पक्राउ
-
बागमतीमा नयाँ गठबन्धनमा राप्रपा सामेल हुन्छ : नेता जम्कट्टेल
-
'यदुवंशीनगर' विवादमा अन्तरिम आदेश अस्वीकार, सर्वोच्चले मुद्दालाई दियो अग्राधिकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण