दित्य ओभरसिजबाट ठगिएकालाई २४ लाख क्षतिपूर्ति
मङ्गलबार, १२ साउन २०८३, १९ : ११
सारांश
- वैदेशिक रोजगार विभागले दित्य ओभरसिज प्रालिबाट ठगिएका ४८ जनालाई २४ लाख क्षतिपूर्ति दिलाएको छ।
- दित्य ओभरसिज प्रालिलाई तोकिएकोभन्दा बढी शुल्क लिएको र विभागको निर्देशन पालना नगरेकोमा जरिवाना गरिएको छ।
- यो कारबाही वैदेशिक रोजगार ऐन, २०६४ को दफा ५३ र ५४ बमोजिम गरिएको हो।
काठमाडौँ । वैदेशिक रोजगार विभागले दित्य ओभरसिज प्रालिबाट ठगिएका ४८ जनालाई क्षतिपूर्ति दिलाउँदै प्रालिलाई ५० हजार रुपैयाँ जरिबाना समेत गरेको छ।
साउन १२ गते ४८ जना व्यक्तिहरूलाई ठगी गरेको र पहिलो पटकको निर्देशन पालना नगरेकोमा ओभरसिजलाई दोस्रो पटक जरिवाना गरेको हो।
वैदेशिक रोजगार ऐन, २०६४ को दफा ५३ बमोजिम ४८ जना व्यक्तिबाट तोकिएकोभन्दा बढी शुल्क लिएको सम्बन्धमा चौबीस लाख र विभागको आदेश वा निर्देशन पालना नगरेको हकमा २०६४को दफा ५४ बमोजिम दोस्रो पटकलाई रु ५० हजार जरिवाना गरिएको छ।
विभागले यस अघि पनि तोकिएको भन्दा बढी शुल्क लिएको भनी पहिलो पटक सचेत गराएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युवती मृत फेला, माइती पक्षद्वारा निष्पक्ष छानबिनको माग
-
सिड्नीमा रामकृष्ण ढकालको सांगीतिक प्रस्तुतिसँगै ‘मालती मंगले’को रेडकार्पेट प्रिमियर
-
दुर्व्यवहारको विरोधमा चिकित्सक आन्दोलित, बिरामीलाई मर्का (भिडिओ)
-
स्थायी बसोबास अनुमतिका लागि कडा मापदण्ड लागू गर्दै जापान
-
सरकारबाट कांग्रेस बाहिरिएपछि मुख्यमन्त्री आचार्यले सम्हाले पाँच मन्त्रालय
-
गृहमन्त्रीको आश्वासनपछि सुस्तावासीका मागबारे के प्रगति भयो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण