मङ्गलबार, १२ साउन २०८३
ताजा लोकप्रिय

प्रधानमन्त्रीसँग कुनै विवाद छैन, हामी निरन्तर संवादमा छौँ : अर्थमन्त्री

मङ्गलबार, १२ साउन २०८३, १९ : १४
मङ्गलबार, १२ साउन २०८३

सारांश

  • अर्थमन्त्रीले प्रधानमन्त्री बालेन शाहसँग आर्थिक मुद्दाहरूमा निरन्तर समन्वय भइरहेको स्पष्ट पारेका छन्।
  • मन्त्रीले प्रधानमन्त्री र अर्थमन्त्रीबिच कुनै पनि फिल्टर वा बिचौलिया बिना सिधा संवाद हुने गरेको बताए ।
  • प्रधानमन्त्रीले निजी क्षेत्रका गुनासोहरू, करका दरहरू र बजारको अवस्थाबारे चासो राख्ने गरेको मन्त्रीले जानकारी दिए।

काठमाडौँ । अअर्थमन्त्री डा.स्वर्णिम वाग्लेले प्रधानमन्त्री बालेन शाहसँग आर्थिक मुद्दाहरूमा अत्यन्तै नजिक, प्रत्यक्ष र निरन्तर समन्वय भइरहेको स्पष्ट पारेका छन्। 

मंगलबार निजी क्षेत्रका प्रतिनिधिहरूसँगको छलफलमा उनले बजारमा अर्थमन्त्री कता हराए, देखिएनन् भन्ने खालका चर्चा र भ्रम रहेको बताएका हुन्।

अर्थमन्त्री वाग्लेले मन्त्रीले प्रधानमन्त्री र अर्थमन्त्रीबिच कुनै पनि फिल्टर वा बिचौलिया बिना सिधा संवाद हुने गरेको बताए । उनले भने,'प्रधानमन्त्रीज्यू र मबिच कुनै मध्यस्थता बिना सिधै र तत्काल संवाद हुन्छ । उहाँले मुख्य विषयहरूमा मसँग सोझै फलोअप गर्नुहुन्छ ।'

प्रधानमन्त्रीले निजी क्षेत्रका गुनासोहरू, करका दरहरू र बजारको अवस्थाबारे अत्यन्तै सूक्ष्म र गहिरो चासो राख्ने गरेको मन्त्रीले जानकारी दिए। 

उनका अनुसार हरेक मन्त्रिपरिषद्को बैठक सकिएपछि प्रधानमन्त्री र अर्थमन्त्रीबिच ३० देखि ५० मिनेटसम्म अर्थतन्त्रका विषयमा मात्रै छुट्टै र विशेष छलफल हुने गरेको छ।

"बाहिर धेरै सार्वजनिक कार्यक्रममा नदेखिए पनि प्रधानमन्त्रीको निर्देशन र हाम्रो आपसी सल्लाहमा अर्थतन्त्रका सुधारका कामहरू भइरहेका छन्,'अर्थमन्त्रीले भने, 'प्रधानमन्त्रीज्यूले त वस्तुको दर र सानातिना प्राविधिक विषयमा समेत फोन गरेरै विवरण माग्नुहुन्छ, हाम्रो समन्वय त्यति गहिरो र प्रत्यक्ष छ ।' 

प्रधानमन्त्री र अर्थ मन्त्रालयबिचको यो बलियो समन्वयले निजी क्षेत्रका समस्या समाधान गर्न र लगानीको वातावरण बनाउन थप सहज हुने विश्वास समेत उनले व्यक्त गरे।

बजारमा फैलिएका अफवाह र भ्रमको पछि नलाग्न आग्रह गर्दै उनले सम्पूर्ण आर्थिक टोली एउटै लक्ष्यका साथ अघि बढिरहेको दाबी गरे।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप