फोटो पत्रकारहरूका लागि सुरक्षा तथा जोखिम व्यवस्थापन सम्बन्धी तालिम
सारांश
- फोटो पत्रकार क्लबको आयोजनामा फोटो पत्रकारहरूका लागि सुरक्षा तथा जोखिम व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न भएको छ।
- तालिममा ३० भन्दा बढी फोटो पत्रकारहरूको सहभागिता थियो र अनुभवी प्रशिक्षकहरूले प्रशिक्षण दिएका थिए।
- यस तालिमले फोटो पत्रकारहरूलाई जोखिमपूर्ण परिस्थितिमा सुरक्षित रूपमा काम गर्ने सीप विकास गर्न सक्षम बनाएको छ।
काठमाडौँ। फोटो पत्रकार (पिजे) क्लबको आयोजनामा फोटो पत्रकारहरूका लागि सुरक्षा तथा जोखिम व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न भएको छ।
नेपाल पत्रकार महासंघको सभाहलमा सञ्चालित तालिममा विभिन्न सञ्चारमाध्यममा कार्यरत ३० भन्दा बढी फोटो पत्रकारहरूको सहभागिता थियो। सूचना तथा सञ्चार मन्त्रालयको सहयोगमा भएको यस तालिममा अनुभवी प्रशिक्षक तथा विषयविज्ञहरूले प्रशिक्षण दिएका थिए।
इरानी प्रशिक्षक डा. बेहरु मोगद्दसीले फोटो पत्रकारहरूले राजनीतिक आन्दोलन, प्राकृतिक प्रकोप, महामारी, द्वन्द्वग्रस्त अवस्था, प्रदर्शन तथा संवेदनशील सामाजिक घटनाको प्रत्यक्ष र उच्च जोखिमपूर्ण परिस्थितिमा अग्रभागमा रहेर काम गर्दा अपनाउनुपर्ने आवश्यक सुरक्षा सम्बन्धी विषयमा जानकारी गराए।
त्यस्तै, वरिष्ठ फोटोपत्रकार चन्द्रशेखर कार्कीले फिल्ड रिपोर्टिङका क्रममा अपनाउनुपर्ने सुरक्षा मापदण्ड र आपतकालीन अवस्था जस्तै प्रदर्शन, द्वन्द्व र प्राकृतिक प्रकोपमा फोटो पत्रकारले अपनाउनुपर्ने सचेतता, जोखिम मूल्यांकन र व्यक्तिगत सुरक्षा योजनाका विषयमा प्रशिक्षण दिए।
अर्का फोटो पत्रकार विकास कार्कीले फिल्ड सेफ्टी अन्तर्गत प्रदर्शन, द्वन्द्व र संवेदनशील घटना कभर गर्दा अपनाउनुपर्ने सावधानी, सुरक्षात्मक उपकरण, मानसिक स्वास्थ्य तथा तनाव व्यवस्थापनमा फोटो पत्रकारले गर्नुपर्ने कार्यका बारेमा प्रकाश पारे।
फोटो पत्रकारहरूका लागि लक्षित, व्यवस्थित र व्यावहारिक सुरक्षा तथा जोखिम व्यवस्थापन तालिम सीमित मात्रामा उपलब्ध रहेको वर्तमान सन्दर्भमा यो तालिम निकै उपयोगी भएको छ। यस तालिमले फोटो पत्रकारहरूलाई आगामी दिनमा जोखिमपूर्ण परिस्थितिमा सुरक्षित रूपमा काम गर्ने सीप विकास गर्न सक्षम बनाएको फोटो पत्रकार क्लबले जनाएको छ।
दिनप्रतिदिन बढ्दै गएको जोखिमपूर्ण परिस्थिति र प्राकृतिक विपत्ति जस्ता स्थलहरूमा सबैभन्दा पहिला र अग्रस्थानमा रहेर काम गर्नुपर्ने फोटो पत्रकारहरूको सुरक्षा र जोखिम व्यवस्थापन सम्बन्धी क्षमता विकासमा यस तालिमले ठुलो सहयोग गर्ने विश्वास क्लबले लिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दैलेख पूर्ण खोप सुनिश्चितता भएको जिल्ला घोषणा
-
प्रलोपाले भन्यो– सरकार अधिनायकवादतर्फ उन्मुख
-
मौद्रिक नीति कसिलो बनाउनुपर्ने कुनै कारण छैन : पूर्वगभर्नर अधिकारी
-
प्रतिपक्षको बहिष्कारपछि लुम्बिनी प्रदेशसभा बैठक आधा घण्टाका लागि स्थगित
-
विकेश साहको अध्यक्षतामा कमन जेनजी नेपालको केन्द्रीय कमिटी पुनर्गठन (सूचीसहित)
-
अर्थमन्त्रीका १०० दिन : प्राविधिक र नियमित काम नै उपलब्धि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण