आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अपडेट

१५ कार्य दिनमा १४६ निजामती कर्मचारीको राजीनामा

आइतबार, २१ असार २०८३, १४ : ४१
आइतबार, २१ असार २०८३

सारांश

  • असार महिनाको १ देखि १९ गतेसम्म १५ कार्यदिनमा १४६ निजामती कर्मचारीले राजीनामा दिएका छन् ।
  • अनिवार्य अवकाशमा जानेको सङ्ख्याभन्दा राजीनामा दिनेको सङ्ख्या बढी रहेको राष्ट्रिय किताबखानाले जनाएको छ ।
  • राजीनामा दिनेमा सहसचिवदेखि सहायक स्तरसम्मका कर्मचारी रहेका छन् ।

काठमाडौँ । असार महिना लागेपछि १४६ निजामती कर्मचारीले राजीनामा दिएका छन् । राष्ट्रिय किताबखाना (निजामती) का अनुसार यो सङ्ख्या यो अवधिमा अनिवार्य अवकाशमा जानेभन्दा बढी हो ।

किताबखानाका महानिर्देशक श्रवण पोखरेलले विभिन्न व्यक्तिगत तथा अन्य कारणले राजीनामा दिनेको सङ्ख्या बढेसँगै ‘ई–पेन्सन’ सेवाका लागि आवेदन दिनेको चाप पनि बढेको जानकारी दिए । 

चालु असार महिनाको १ गतेदेखि १९ गतेसम्मको १५ कार्यदिनमा १४६ जनाले राजीनामा दिएको र देशभरबाट १४२ जना कर्मचारी अनिवार्य अवकाशमा गएको जानकारी दिए ।  

महानिर्देशक पोखरेलले राजीनामा दिनेमा सहसचिवदेखि सहायक स्तरसम्मका कर्मचारीसम्म रहेको जानकारी दिए । उनका अनुसार यो अवधिमा राजीनामा दिनेमा ५ सहसचिव, ३३ उपसचिव २९ शाखा अधिकृत र ७९ सहायक स्तरका कर्मचारी छन् । 

राजीनामा पत्र बुझाएका कर्मचारीले पेन्सनका लागि आवेदन दिइसकेका पोखरेलले जानकारी दिए । राजीनामा दिनेको सङ्ख्या बढेसँगै पेन्सन व्यवस्थापनका लागि किताब खानालाई थप प्राविधिक र प्रशासनिक दबाब परेको महानिर्देशक पोखरेलले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप