आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय

एमाले कार्यदलको बैठक असार २५ गते बस्ने

आइतबार, २१ असार २०८३, १४ : ५९
आइतबार, २१ असार २०८३

सारांश

  • एमाले उपाध्यक्ष रामबहादुर थापा नेतृत्वको कार्यदलको बैठक असार २५ गते बस्ने भएको छ ।
  • यसअघि असार २२ गते बस्ने भनिएको बैठक प्रवास र सल्लाहकार कमिटीको सुझाव लिने कार्यतालिका थपिएपछि सारिएको हो ।
  • निर्वाचनमा पराजयपछि पार्टी पुनर्गठनका लागि सो कार्यदलको प्रतिवेदनका आधारमा एमालेले तयारी गरिरहेको छ ।

काठमाडौँ । निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका लागि सुझाव सङ्कलन गर्न गठित एमाले उपाध्यक्ष रामबहादुर थापा नेतृत्वको कार्यदलको बैठक असार २५ गते बस्ने भएको छ । यसअघि कार्यदलको बैठक असार २२ गते तय भएकोमा मिति परिवर्तन भएको एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यले जानकारी दिए । 

‘कार्यदलको बैठक असार २२ को सट्टा २५ गतेलाई सारिएको छ’, आचार्यले भने- ‘असार २२ मा प्रवास कमिटी र २३ सल्लाहकार कमिटीको सुझाव लिने कार्यतालिका थप भएकाले कार्यदल बैठकको समय परिवर्तन भएको हो ।’

थापा नेतृत्वको कार्यदलको प्रतिवेदनका आधारमा पार्टी पुनर्गठन गर्ने एमालेको तयारी छ । निर्वाचनमा लज्जास्पद हार खाएपछि एमालेमा पुनर्गठन बहस तीव्र छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप