मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

मङ्गलबार, २३ असार २०८३, ०८ : ५९
मङ्गलबार, २३ असार २०८३

सारांश

  • संघीय संसदको राष्ट्रिय सभाको बैठक आज मध्यान्ह १२:१५ बजे बस्दैछ ।
  • बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकमा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची छ ।
  • अर्थमन्त्रीले विनियोजन विधेयक, आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

काठमाडौँ । संघीय संसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक मध्यान्ह सवा १२ बजेबाट सुरु हुनेछ ।

बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि, वन तथा पर्यावरण मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, रक्षा मन्त्रालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालयका शीर्षकमाथि उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ । 

त्यस्तै अध्यक्षले विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न शीर्षकहरूमा प्रस्तुत खर्च कटौतीका प्रस्तावहरूलाई निणायर्थ प्रस्तुत गर्नेछन् । 

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८३ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने तथा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक, २०८३, राष्ट्र ऋण उठाउने विधेयक, २०८३, विधेयकहरूमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप