मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय
आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति समीक्षा

यस्तो छ मौद्रिक नीतिको लक्ष्यअनुसारको कार्यान्वयन स्थिति (सूची)

मङ्गलबार, २३ असार २०८३, १२ : ०२
मङ्गलबार, २३ असार २०८३

सारांश

  • आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदनले मुद्रास्फीति लक्ष्य ५.० प्रतिशतको हाराहारीमा राख्ने बताएको छ।
  • विदेशी विनिमय सञ्चिति बाह्य क्षेत्रतर्फ कम्तीमा सात महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने लक्ष्य राखिएकोमा हाल २२.६ महिनाको वस्तु आयात धान्न पुग्ने देखिएको छ।
  • विस्तृत मुद्राप्रदायको वृद्धिदर १३.० प्रतिशत र निजी क्षेत्रतर्फ जाने कर्जा वृद्धिदर १२.० प्रतिशत रहने प्रक्षेपण गरिए पनि क्रमशः १५.२ प्रतिशत र ६.७ प्रतिशत मात्र वृद्धि भएको छ।

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै लक्ष्य तथा कार्यक्रम कार्यान्वयनको स्थिति सार्वजनिक गरेको छ। 

समीक्षा अनुसार आर्थिक वर्ष २०८२/८३ मा ५.० प्रतिशतको हाराहारीमा मुद्रास्फीति कायम राख्ने लक्ष्य लिइएकोमा पहिलो दस महिनाको औसत उपभोक्ता मुद्रास्फीति २.६६ प्रतिशत रहेको छ। वार्षिक विन्दुगत आधारमा भने २०८३ वैशाखमा यस्तो मुद्रास्फीति ५.०४ प्रतिशत कायम भएको छ।

बाह्य क्षेत्रतर्फ कम्तीमा सात महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त विदेशी विनिमय सञ्चिति कायम गर्ने मौद्रिक लक्ष्य रहेकोमा यो अवस्था निकै बलियो देखिएको छ। चालु आर्थिक वर्षको पहिलो दस महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले २२.६ महिनाको वस्तु आयात र १९.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने स्थिति देखिएको छ।

यसैगरी आर्थिक वर्ष २०८२/८३ का लागि विस्तृत मुद्राप्रदायको वृद्धिदर १३.० प्रतिशत र निजी क्षेत्रतर्फ जाने कर्जा वृद्धिदर १२.० प्रतिशतसम्म रहने प्रक्षेपण गरिएको थियो। तर, वार्षिक विन्दुगत आधारमा २०८३ वैशाख मसान्तमा विस्तृत मुद्राप्रदाय १५.२ प्रतिशतले बढेको छ भने बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ जाने कर्जा ६.७ प्रतिशतले मात्र वृद्धि भएको छ।

बैंक तथा वित्तीय संस्थाको भारित औसत अन्तरबैंक दरलाई मौद्रिक नीतिको सञ्चालन लक्ष्यको रूपमा यथावत् राख्दै स्वचालित र नियममा आधारित खुला बजार कारोबार सञ्चालनलाई निरन्तरता दिइएको छ। अन्तरबैंक दरलाई नीतिगत दरको हाराहारीमा कायम गर्न नियमित र संरचनात्मक उपकरणहरू प्रयोग गरिएको छ भने संरचनागत प्रकृतिको तरलताका कारण ब्याजदरमा पर्ने प्रभाव कम गर्न ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३’ का विभिन्न सिरिजहरू जारी गरिएको छ। 

ब्याजदर करिडोरको माथिल्लो सीमाको रूपमा रहेको बैंकदर ६.५ प्रतिशतबाट घटाई ६.० प्रतिशत र तल्लो सीमाको रूपमा रहेको निक्षेप सङ्कलन दर ३.० प्रतिशतबाट घटाई २.७५ प्रतिशत निर्धारण गरी २०८२ असार ३२ मा निर्देशनसमेत जारी गरिएको थियो। यस्तै, नीतिगत दरलाई ५.० प्रतिशतबाट घटाई ४.५ प्रतिशत कायम गरिएको प्रतिवेदनमा उल्लेख छ।

हेर्नुहोस् सूची :

Monetary-Policy-2082-83-Annual-Review_page-0009Monetary-Policy-2082-83-Annual-Review_page-0010Monetary-Policy-2082-83-Annual-Review_page-0011Monetary-Policy-2082-83-Annual-Review_page-0012Monetary-Policy-2082-83-Annual-Review_page-0013Monetary-Policy-2082-83-Annual-Review_page-0014Monetary-Policy-2082-83-Annual-Review_page-0015Monetary-Policy-2082-83-Annual-Review_page-0016Monetary-Policy-2082-83-Annual-Review_page-0017Monetary-Policy-2082-83-Annual-Review_page-0018Monetary-Policy-2082-83-Annual-Review_page-0019Monetary-Policy-2082-83-Annual-Review_page-0020

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप