सेयर धितो र व्यक्तिगत ओभरड्राफ्ट कर्जाको सीमा बढ्यो
सारांश
- नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै सेयर धितो र व्यक्तिगत ओभरड्राफ्ट कर्जाको सीमा बढाएको छ ।
- व्यक्तिगत ओभरड्राफ्ट कर्जाको सीमा रुपैयाँ ५० लाखबाट बढाएर प्रतिग्राहक रुपैयाँ १ करोड कायम गरिएको छ ।
- सेयर धितो कर्जाको सीमा रुपैयाँ १५ करोडबाट बढाएर २५ करोड बनाइएको छ ।
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै सेयर धितो र व्यक्तिगत ओभरड्राफ्ट कर्जाको सीमा बढाएको छ । राष्ट्र बैंकले सेयर धितो कर्जा (मार्जिन लेन्डिङ) र व्यक्तिगत ओभरड्राफ्ट कर्जाको सीमामा वृद्धि गर्ने नीति लएकाे हाे ।
समीक्षामार्फत बैंक तथा वित्तीय संस्थाहरूले प्रदान गर्ने व्यक्तिगत अधिविकर्ष (ओभरड्राफ्ट ) कर्जाको विद्यमान सीमामा वृद्धि गरिएको छ । यसअघि कायम रहेको रुपैयाँ ५० लाखको सीमालाई वृद्धि गरी प्रतिग्राहक रुपैयाँ १ करोड कायम गरिएको छ ।
सेयर धितो कर्जाको सीमा २५ करोड
पुँजी बजारलाई चलायमान बनाउन सहयोग पुग्ने गरी राष्ट्र बैंकले मार्जिन प्रकृतिको कर्जामा पनि लचिलो नीति अख्तियार गरेको छ । बैंक तथा वित्तीय संस्थाहरूबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको विद्यमान एकल ग्राहक कर्जा सीमा रुपैयाँ १५ करोडबाट बढाएर रुपैयाँ २५ करोड बनाइएको छ। यस परिमार्जनले सेयर बजारका ठुला लगानीकर्ताहरूलाई लगानी विस्तार गर्न थप राहत मिल्ने अनुमान गरिएको छ ।
यसैगरी बैंक तथा वित्तीय संस्थाहरूको कर्जा प्रवाह क्षमता र पुँजी कोष व्यवस्थापनलाई ध्यानमा राख्दै अर्को नयाँ व्यवस्था पनि गरिएको छ । बैंक तथा वित्तीय संस्थाले गैर बैंकिङ सम्पत्ति सकार गरेको दुई वर्षसम्म उक्त सम्पत्तिवापत सिर्जना भएको रेगुलेटरी रिजर्भको रकमलाई पूरक पुँजी मा गणना गर्न सकिने व्यवस्था गरिएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण