घुससहित सब-डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख पक्राउ
सारांश
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको सब-डिभिजन वन कार्यालय बन्दीपुरका कार्यालय प्रमुख राम केवल राय यादवलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ ।
- सेवाग्राहीलाई दुःख हैरानी दिएर घुस मागेको उजुरीका आधारमा अख्तियारको टोलीले उनलाई पक्राउ गरेको हो ।
- यादवको साथबाट घुसको १२ हजार र स्रोत नखुलेको थप १ लाख ३३ हजार १२० रुपैयाँ बरामद गरिएको छ ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको सब-डिभिजन वन कार्यालय बन्दीपुरका कार्यालय प्रमुख (अधिकृत आठौं) राम केवल राय यादवलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ ।
उद्योगका लागि ल्याइएको काठहरूको सिलबन्दी अनुसार भए–नभएको रुजु गरी कागजातसहितको फाइल फिर्ता गर्ने क्रममा सेवाग्राहीलाई दुःख हैरानी दिएर उनले घुस मागेको उजुरीका आधारमा अख्तियारको टोलीले उनलाई पक्राउ गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिएको टोलीले यादवलाई सेवाग्राहीबाट १२ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा सिरहाको कर्जन्हा नगरपालिका वडा नं। ४ स्थित मिर्चौया(बन्दीपुर सडक खण्डबाट नियन्त्रणमा लिएको हो ।
खानतलासीका क्रममा उनको साथबाट घुसको १२ हजार र स्रोत नखुलेको थप १ लाख ३३ हजार १२० रुपैयाँ गरी जम्मा १ लाख ४५ हजार १२० रुपैयाँ र एउटा मोबाइल समेत बरामद गरिएको छ ।
उनीमाथि हाल थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनको चोङकिङमा ३८ महिनामै तयार भयो विश्वकै सबैभन्दा ठुलो रेल स्टेसन
-
राष्ट्रिय सहमतिलाई प्रधानमन्त्रीले लत्त्याउन मिल्दैन : नेकपा
-
विश्वकपमा युरोपियन मुलककै हालीमुहाली : किन बलियो देखियो युरोप ?
-
नोभाक जोकोविचको कीर्तिमान: विम्बलडन इतिहासकै सबैभन्दा लामो क्वार्टर फाइनल जित्दै सेमिफाइनलमा
-
भारतीय प्रधानमन्त्री मोदी अस्ट्रेलिया भ्रमणमा
-
प्रधानमन्त्रीलाई रुलिङ गरेर सदनमा डाक्न सभामुखसँग एमालेको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण