दीपाश्रीले सकिन् ‘पार्वती’को डबिङ
सारांश
- फिल्म ‘पार्वती’को डबिङ कार्य अन्तिम चरणमा छ र मुख्य अभिनेत्री दीपाश्री निरौलाले आफ्नो भागको डबिङ सकिसकेकी छन्।
- अभिनेत्री निरौलाले फिल्म आफूले सोचेभन्दा उत्कृष्ट बनेको र यसको फरक शैली तथा मन छुने पटकथाले आफूलाई प्रभावित पारेको बताइन्।
- नीता ढुङ्गाना अधिकारीद्वारा निर्देशित यस फिल्म आगामी भदौ १२ गते प्रदर्शन हुने तयारीमा छ।
काठमाडौँ । आगामी भदौ १२ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘पार्वती’को हाल धमाधम डबिङ भइरहेको छ। यसै क्रममा फिल्मकी मुख्य अभिनेत्री दीपाश्री निरौलाले आफ्नो भागको डबिङ सकाएकी छन् । उनले मंगलबार आफ्नो भागको डबिङ सकाएकी हुन् ।
बडिङ सक्दै फिल्म आफूले सोचेभन्दा पनि उत्कृष्ट बनेको भन्दै खुसी व्यक्त गरिन् । फिल्मको फरक शैली र मन छुने पटकथाले आफ्नो मन छोएको उनको भनाईछ ।
फिल्मकी कथाकार तथा निर्देशक नीता ढुङ्गाना अधिकारी हुन् । निर्देशक अधिकारीले अन्य कलाकारको समेत डबिङ छिट्टै सकिने बताइन् । ‘नीता फिल्मस्’को ब्यानरमा निर्माण भएको फिल्ममा निर्देशक नीता स्वयंका साथै दीपाश्री निरौला, अशोक दर्जी, सिरु बिष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली र आशा पौडेल लगायतको मुख्य अभिनय छ।
हरिहर अधिकारी निर्माता रहेको फिल्मको लेखन शिवं अधिकारीले लेखेका हुन् भने शंकर पाण्डे कार्यकारी निर्माता तथा प्रोडक्सन म्यानेजरको भूमिकामा छन् । सुदिप बरालको छायांकन, साहिल खानको सम्पादन फिल्ममा छ । नीताले यसअघि बहुप्रतीक्षित फिल्म ‘ह्रस्वदीर्घ’ निर्माण गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजेन्द्र राईकाे अभिव्यक्ति संसदकाे अभिलेखबाट हटाउन निर्देशन
-
बजेट आजै पारित हुने, मन्त्रिपरिषद्बाट बजेट संशोधन गर्न कार्यदल गठन
-
१५ वर्षे किशोरको शंकास्पद मृत्यु प्रकरण, वडा अध्यक्ष पक्राउ
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, को होला मुख्यसचिव ?
-
रेखा पौडेल कम्बोडियाको क्लबमा आबद्ध
-
सुनसरीमा पेस्तोल र गोलीसहित दुई जना पक्राउ, पुराना आपराधिक रेकर्डसमेत खुल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण