बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

दीपाश्रीले सकिन् ‘पार्वती’को डबिङ

बुधबार, २४ असार २०८३, १० : २२
बुधबार, २४ असार २०८३

सारांश

  • फिल्म ‘पार्वती’को डबिङ कार्य अन्तिम चरणमा छ र मुख्य अभिनेत्री दीपाश्री निरौलाले आफ्नो भागको डबिङ सकिसकेकी छन्।
  • अभिनेत्री निरौलाले फिल्म आफूले सोचेभन्दा उत्कृष्ट बनेको र यसको फरक शैली तथा मन छुने पटकथाले आफूलाई प्रभावित पारेको बताइन्।
  • नीता ढुङ्गाना अधिकारीद्वारा निर्देशित यस फिल्म आगामी भदौ १२ गते प्रदर्शन हुने तयारीमा छ।

काठमाडौँ । आगामी भदौ १२ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘पार्वती’को हाल धमाधम डबिङ भइरहेको छ। यसै क्रममा फिल्मकी मुख्य अभिनेत्री दीपाश्री निरौलाले आफ्नो भागको डबिङ सकाएकी छन् । उनले मंगलबार आफ्नो भागको डबिङ सकाएकी हुन् ।

बडिङ सक्दै फिल्म आफूले सोचेभन्दा पनि उत्कृष्ट बनेको भन्दै खुसी व्यक्त गरिन् । फिल्मको फरक शैली र मन छुने पटकथाले आफ्नो मन छोएको उनको भनाईछ ।

फिल्मकी कथाकार तथा निर्देशक नीता ढुङ्गाना अधिकारी हुन् । निर्देशक अधिकारीले अन्य कलाकारको समेत डबिङ छिट्टै सकिने बताइन् । ‘नीता फिल्मस्’को ब्यानरमा निर्माण भएको फिल्ममा निर्देशक नीता स्वयंका साथै दीपाश्री निरौला, अशोक दर्जी, सिरु बिष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली र आशा पौडेल लगायतको मुख्य अभिनय छ।

हरिहर अधिकारी निर्माता रहेको फिल्मको लेखन शिवं अधिकारीले लेखेका हुन् भने शंकर पाण्डे कार्यकारी निर्माता तथा प्रोडक्सन म्यानेजरको भूमिकामा छन् । सुदिप बरालको छायांकन, साहिल खानको सम्पादन फिल्ममा छ । नीताले यसअघि बहुप्रतीक्षित फिल्म ‘ह्रस्वदीर्घ’ निर्माण गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप