फुटबल, साना देश, साँघुरो सोच र सामाजिक रूपान्तरण
सारांश
- नेपालीहरू विश्वकप फुटबलमा ब्राजिल वा अर्जेन्टिनामा विभाजित भएर टिप्पणी गर्छन् तर विकास, निर्माण र सामाजिक रूपान्तरणमा पछाडि परेकोमा लेखकले चिन्ता व्यक्त गरेका छन्।
- लेखकले प्रश्न उठाएका छन् कि फुटबलमा विश्वबजारसँग एकाकार हुने नेपाली समाज दलित, मधेस-पहाड, धनी-गरिब जस्ता खाडलहरूमा किन विभाजित छ?
- समाज रूपान्तरणको लागि सडक निर्माण होइन, सोचको परिवर्तन, आर्थिक वृद्धि होइन, नैतिक उन्नति र भाषण होइन, व्यवहारको परिवर्तन आवश्यक रहेकोमा जोड दिइएको छ।
यो हप्ता नेपालीहरूको आँखामा अनिश्चय, अनिदो र अनेक भावनाहरूको मिश्रण पढ्न सक्नुहुनेछ—विश्वका फुटबल प्रेमीहरूको जस्तै । जब विश्वकप आरम्भ हुन्छ, तब सिङ्गो नेपाल लगभग दुई कित्तामा विभाजित हुन्छ– ब्राजिल वा अर्जेन्टिनामा । साना–साना अंश मात्रै जर्मनी, फ्रान्स वा यस्तैतिर सहानुभूतिशील हुन्छन् । डेभिड बेकह्यामसँगै बेलायती फ्यानहरू हराए, अर्कोतिर बहकिए । नभए कुनै समय त्यस्तो जमाना थियो कि यो देशमा बेकह्याम टिसर्टको ठुलो बजार थियो ।
बाजी, अनुमान र अड्कलको दुनियाँमा त हामी अरूभन्दा कत्ति पनि कम छैनौँ । फुटबल जितका पक्ष–विपक्षमा यथेष्ट बाजीगतहरू छौँ हामी, जो वास्तविक खेलाडीहरूको देशमा जस्तै उत्सवीय मेला र निराशाका बादलहरू यहाँ सँगै मडारिन्छन् । कहिलेकाहीँ त यस्तो लाग्छ कि म जस्तो तटस्थ न खेलमा काम लाग्छ न राजनीतिमा ! कस्तो बेकम्मा भइएछ ।
फुटबलमा विश्वबजारसँग एकाकार हुने हामी नेपालीहरू विकास, निर्माण, परिवर्तन र सामाजिक रूपान्तरणमा किन पछाडि छौँ ? मेरो चेतनामा एक्कासि अनपेक्षित प्रश्न जन्मियो । हो, त्यहाँनेर यो विश्व महाउत्सवकै हाराहारी किन हाम्रो सोच पलाउँदैन ?
अहिले हेर्दा नेयमारलाई होस् कि एमबाप्पे, हल्याण्ड होस् कि भेजिन्हा, लोपेज होस् कि बुद्धजी, सबैप्रति एकछत्र सम्मान दिनसक्ने नेपाली समाजमा अहिले पनि दलित र गैरदलितको खाडल किन छ ? किन छ मधेस र पहाडको खाडल ? अथवा किन छ धनी र गरिबबिचको खाडल ? किनभने हामीले आजसम्म पनि विकासको यात्रा सडकबाट सुरु हुँदैन, सोचबाट सुरु हुन्छ। सभ्यता भवनले होइन, चेतनाले निर्माण गर्छ भन्ने सत्यलाई आत्मसात् गर्नै सकेका छैनौँ ।
मानिसले युगौँदेखि विकासको खोजी गरिरहेको छ । कहिले उसले अग्ला दरबार निर्माण गरेर आफूलाई विकसित ठान्यो, कहिले विशाल साम्राज्य विस्तार गरेर आफूलाई शक्तिशाली भन्यो र अहिले भनिरहेछ– ‘मसँग महाविनाशकारी हतियार छ त्यसैले म शक्तिशाली छु ।’ विज्ञानले चन्द्रमामा पाइला टेक्यो, समुद्रको गहिराइ नाप्यो, कृत्रिम बुद्धिमत्ताले संसारका सबै पठनका ज्ञान एकै ठाउँमा ल्याइदियो । तर यति धेरै उपलब्धिबिच एउटा प्रश्न अझै अनुत्तरित छ— के मानिसको चेतना पनि त्यति नै विकसित भएको छ, जति उसका उपकरण विकसित भएका छन् ?
आज संसारसँग अत्याधुनिक प्रविधि छ, तर युद्ध पनि छ । अभूतपूर्व सम्पत्ति छ, तर असमानता पनि छ । सूचना प्रविधिको विस्फोट छ, तर भ्रम र घृणाको विस्तार पनि छ । यसले एउटा सत्य प्रमाणित गर्छ— बाह्य विकास मात्र पर्याप्त हुँदैन; विकासलाई उज्यालो बनाउने शक्ति मानवीय चेतनामा निहित हुन्छ । त्यसलाई पूर्ण उघ्रन ऊ आफैँले दिएको छैन र हिजोकै परम्पराबाटै हामी दीक्षित छौँ कि भोलिको विश्वकप आउँदा पनि हामी ब्राजिल किंवा अर्जेन्टिनामा विभाजित हुनेछौँ । त्यतिबेलासम्म बिर्सिसकेका हुन्छौँ कि भेजिन्हाको चमत्कार, लोपेज कार्बेलको तीव्रता, जोस कान्लेको आक्रमण, इब्राहिम एमबे र नादिर बेनबाहरू पनि स्टार थिए भनेर । किनकि तिनीहरूका देश साना छन् । हाम्रा सोचहरूजस्तै साँघुरा ।
त्यसैले समाज रूपान्तरणको पहिलो सर्त सडक निर्माण होइन, सोच हो । आर्थिक वृद्धि होइन, नैतिक उन्नति हो । भाषण होइन, व्यवहारको परिवर्तन हो । विकासको इतिहास हेर्दा देखिन्छ– जहाँ सोच बदलियो, त्यहाँ समाज बदलियो; जहाँ सोच जड रह्यो, त्यहाँ योजना होस् या कार्यक्रम, त्यसले अपेक्षित परिणाम दिन सकेन । हाम्रो अविकास हाम्रो सोच जस्तै अन्धभक्त र अविश्वासी छ, जो हामीले यो विश्वकपमा पछ्याएजस्तै छ ।
प्राचीन युनानी दार्शनिकले दुई हजार वर्षअघि नै भनेका थिए, ‘आत्मपरीक्षण नगरिएको जीवन बाँच्न योग्य हुँदैन ।’ यो वाक्य केवल दर्शन होइन, विकासको आधारभूत सिद्धान्त पनि हो । जसले आफ्ना कमजोरीलाई देख्दैन, उसले आफ्ना सम्भावनालाई पनि देख्न सक्दैन । व्यक्ति होस् वा राष्ट्र, आत्मसमीक्षा हराएको ठाउँमा प्रगति पनि हराउँछ ।
हामी प्रायः परिवर्तनको जिम्मेवारी अरूलाई दिन्छौँ । सरकार राम्रो भएन भन्छौँ, नेता इमानदार भएनन् भन्छौँ, कर्मचारी जिम्मेवार भएनन् भन्छौँ, विद्यालय कमजोर भयो भन्छौँ । तर एउटा प्रश्न आफैँलाई सोध्न बिर्सन्छौँ– मैले मेरो जिम्मेवारी कति इमानदारीका साथ पूरा गरेँ ? विद्यालयका प्रणालीहरू परिवर्तन गरेका छौँ त ?
पूर्वीय दर्शनको महाभारतमा भनिएको छ, ‘लक्ष्यमा पुग्न नसकिए लक्ष्य परिवर्तन नगर, आफ्नो कार्यविधि परिवर्तन गर ।’ आज यही वाक्य हाम्रो समाजका लागि पनि अत्यन्त सान्दर्भिक छ । हामी समृद्ध नेपाल चाहन्छौँ, सुशासन चाहन्छौँ, गुणस्तरीय शिक्षा चाहन्छौँ, अनुशासित समाज चाहन्छौँ; तर के हामीले त्यसअनुसार आफ्नो सोच र कार्यशैली परिवर्तन गरेका छौँ ?
हामी प्रायः परिवर्तनको जिम्मेवारी अरूलाई दिन्छौँ । सरकार राम्रो भएन भन्छौँ, नेता इमानदार भएनन् भन्छौँ, कर्मचारी जिम्मेवार भएनन् भन्छौँ, विद्यालय कमजोर भयो भन्छौँ । तर एउटा प्रश्न आफैँलाई सोध्न बिर्सन्छौँ– मैले मेरो जिम्मेवारी कति इमानदारीका साथ पूरा गरेँ ? विद्यालयका प्रणालीहरू परिवर्तन गरेका छौँ त ?
समाजको सबैभन्दा ठुलो विडम्बना यही हो कि हामी परिवर्तन चाहन्छौँ, तर आफू परिवर्तन हुन चाहँदैनौँ । हामी उज्यालो खोज्छौँ, तर आफ्नै हातको दियो बाल्न हिच्किचाउँछौँ । हामी सुशासनको माग गर्छौँ, तर नियम उल्लङ्घन गर्दा आफ्नै सुविधा खोज्छौँ । हामी इमानदार समाजको कल्पना गर्छौँ, तर सानो स्वार्थका लागि नैतिकता बेच्न तयार हुन्छौँ । यस्तो अवस्थामा विकासको सपना केवल भाषणमा सीमित हुन्छ ।
एक विचारकले अत्यन्त गहिरो कुरा भनेका छन्, ‘जुन सोचले समस्या सिर्जना गर्यो, त्यही सोच बोकेर त्यसको समाधान गर्न सकिँदैन ।’ यही वाक्यलाई नेपाली समाजको ऐनामा हेर्ने हो भने उत्तरहरू भेटिन्छन् । पुरानै सोच, पुरानै कार्यशैली, पुरानै दोषारोपण र पुरानै प्रवृत्तिबाट नयाँ नेपाल निर्माण गर्न खोज्नु भनेको पुरानो बीउ रोपेर नयाँ फल खोज्नु जस्तै हो ।
प्रकृतिले हामीलाई एउटा अद्भुत शिक्षा दिन्छ । नदी कहिल्यै एउटै ठाउँमा रोकिँदैन, त्यसैले ताजा रहन्छ । बग्न छोडेको पानी दुर्गन्धित हुन्छ । रूखले प्रत्येक ऋतुमा पुराना पात झार्छ, त्यसैले नयाँ पालुवा पलाउँछ । प्रकृतिको प्रत्येक परिवर्तनले एउटा सन्देश दिन्छ– परिवर्तन जीवनको नियम हो, जडता पतनको सङ्केत हो ।
एउटा प्रसिद्ध दृष्टान्त छ । दुई जना किसानले एकै प्रकारको जमिन पाए । पहिलो किसानले वर्षौँसम्म जमिनलाई दोष दियो– यो जमिन उब्जाउ छैन भनि रह्यो । दोस्रो किसानले सायद मैले खेती गर्ने तरिका सुधार्नुपर्छ भन्यो र नयाँ बीउ, सिँचाइको प्रवन्ध, माटोको परीक्षण गराएर प्रगति गर्दै गयो । केही वर्षपछि एउटै जमिनमा एकजना गरिबी नै थियो भने अर्को समृद्ध । जमिन उस्तै थियो, मौसम उस्तै थियो । फरक थियो त केवल सोच र कार्यशैली ।
गान्धीको अमर वाक्य आज पनि उत्तिकै सान्दर्भिक छ– तिमी संसारमा जुन परिवर्तन देख्न चाहन्छौ, पहिले त्यही परिवर्तन आफैँमा लागू गर । यो केवल नैतिक उपदेश होइन, समाजशास्त्रको पनि आधारभूत सिद्धान्त हो । किनकि समाज कुनै अमूर्त वस्तु होइन; समाज भनेको हामी सबैको समष्टि हो । यदि प्रत्येक व्यक्ति परिवर्तन हुन्छ भने समाज परिवर्तन हुनु स्वाभाविक प्रक्रिया हो ।
आज हाम्रो समाज पनि यस्तै मोडमा उभिएको छ । हामी भाग्यलाई दोष दिन्छौँ, परिस्थितिलाई दोष दिन्छौँ, इतिहासलाई दोष दिन्छौँ । तर इतिहासले कहिल्यै कुनै राष्ट्रलाई केवल भाग्यका आधारमा महान् बनाएको छैन । महानता सधैँ उत्तरदायी नागरिक, इमानदार श्रम, अनुशासित कार्यसंस्कृति र दूरदर्शी सोचबाट जन्मिएको छ ।
गान्धीको अमर वाक्य आज पनि उत्तिकै सान्दर्भिक छ– तिमी संसारमा जुन परिवर्तन देख्न चाहन्छौ, पहिले त्यही परिवर्तन आफैँमा लागू गर । यो केवल नैतिक उपदेश होइन, समाजशास्त्रको पनि आधारभूत सिद्धान्त हो । किनकि समाज कुनै अमूर्त वस्तु होइन; समाज भनेको हामी सबैको समष्टि हो । यदि प्रत्येक व्यक्ति परिवर्तन हुन्छ भने समाज परिवर्तन हुनु स्वाभाविक प्रक्रिया हो ।
हामीले विकासलाई धेरै पटक बाह्य उपलब्धिसँग मात्र जोड्ने भूल गरेका छौँ । सडक बनेपछि विकास भयो, भवन बनेपछि विकास भयो, बजेट खर्च भएपछि विकास भयो भन्ने बुझाइ अधुरो छ । यदि सडकसँगै संस्कार निर्माण भएन भने त्यो सडक भ्रष्टाचारको मार्ग पनि बन्न सक्छ । यदि विद्यालयसँगै मूल्यबोध निर्माण हुने शिक्षा भएन भने भवनभित्र प्रमाणपत्र त उत्पादन होला, चरित्र निर्माण नहुन सक्छ ।
त्यसैले हामीले आज सबैभन्दा पहिले बदल्नुपर्ने कुरा दृष्टिकोण हो । समस्या देखेर निराश हुने होइन, समाधान खोज्ने बानी बसाल्नुपर्छ । आलोचना गर्ने होइन, विकल्प प्रस्तुत गर्ने संस्कार विकास गर्नुपर्छ । असफलताबाट भाग्ने होइन, त्यसबाट सिक्ने साहस जुटाउनुपर्छ । अरूलाई दोष दिने होइन, आफ्ना कमजोरी स्वीकार गर्ने विनम्रता विकास गर्नुपर्छ ।
विकासको उज्यालो बाहिरबाट आयात गर्न सकिँदैन । त्यो हाम्रो सोच, हाम्रो व्यवहार, हाम्रो संस्कार र हाम्रो सामूहिक चेतनाबाट जन्मिन्छ । जब हामी आफ्ना गल्तीलाई स्वीकार्न सिक्छौँ, त्यही क्षणदेखि परिवर्तनको यात्रा सुरु हुन्छ । जब हामी मौलिक सोच्न थाल्छौँ, त्यही क्षण सिर्जनशीलता जन्मिन्छ । जब हामी इमानदार भएर काम गर्न थाल्छौँ, त्यही क्षण विकासले गति लिन्छ ।
त्यसैले आजको सबैभन्दा ठुलो आवश्यकता नयाँ नारा होइन, नयाँ मानसिकता हो । नयाँ योजना होइन, नयाँ कार्यसंस्कृति हो । नयाँ भाषण होइन, नयाँ आचरण हो । किनकि इतिहासले बारम्बार प्रमाणित गरेको छ– सभ्यता बाहिरबाट निर्माण हुँदैन, चेतनाबाट निर्माण हुन्छ ।
विकासको अर्को आधार कार्यशैली हो । सोचले दिशा दिन्छ भने कार्यशैलीले गन्तव्य निर्धारण गर्छ । असल विचारलाई व्यवहारमा उतार्न नसकिए त्यो केवल भाषण बनेर रहन्छ । इतिहासमा असफल भएका धेरै समाजहरूसँग विचारको अभाव थिएन; अभाव थियो कार्यान्वयनको । त्यसैले कुनै पनि राष्ट्रको समृद्धि उसका नीति–दस्तावेजमा भन्दा नागरिकको दैनिक व्यवहारमा देखिन्छ ।
आज हाम्रो समाजको एउटा गम्भीर समस्या यही हो कि हामी परिवर्तनका कुरा धेरै गर्छौँ, तर परिवर्तनको अभ्यास कम गर्छौँ। कार्यालयमा समयपालनको कुरा हुन्छ, तर बैठक नै ढिलो सुरु हुन्छ। विद्यालयमा अनुशासन पढाइन्छ, तर शिक्षक र विद्यार्थी दुवै समयप्रति उदासीन देखिन्छन् । इमानदारीका भाषण हुन्छन्, तर सानो फाइदाका लागि नैतिकताको सम्झौता सहजै गरिन्छ । यस्तो अवस्थामा विकासका योजना कागजमा सफल देखिए पनि व्यवहारमा अपेक्षित परिणाम आउँदैन ।
यसै सन्दर्भमा एउटा दृष्टान्त स्मरणीय छ । एक जना मूर्तिकारले आफ्नो जीवनको उत्कृष्ट मूर्ति बनाइरहेका थिए । दिनौँसम्म मेहनत गरेपछि उनले एउटा सानो त्रुटि देखे । शिष्यले भन्यो, ‘गुरुजी, मुर्ति राख्ने ठाउँ यति माथि छ कि कसैले देख्दैन ।’ गुरुले मुस्कुराएर उत्तर दिए, ‘अरूले नदेखे पनि म देख्छु । उत्कृष्टता भनेको अरूको प्रशंसाका लागि होइन, आफ्नै अन्तःकरणको सन्तुष्टिका लागि गरिने साधना हो ।’
यही भावनाले जापानलाई दोस्रो विश्वयुद्धको खरानीबाट उठाएर विश्वकै अनुशासित राष्ट्रमध्ये एक बनायो । युद्धपछि त्यहाँ प्राकृतिक स्रोत कम थिए, तर कार्यसंस्कृति, समयको सम्मान, गुणस्तरप्रतिको प्रतिबद्धता र सामूहिक जिम्मेवारी थियो । त्यसैले विकासको वास्तविक इन्धन खानी वा धन होइन, चरित्र हो भन्ने कुरा जापानको इतिहासले प्रमाणित गरेको छ ।
सुकरात भन्छन्, ‘आत्मपरीक्षण नगरिएको जीवन बाँच्न योग्य हुँदैन ।’ जसले आफूलाई प्रश्न गर्दैन, उसले आफूलाई सुधार्न पनि सक्दैन । व्यक्ति, संस्था वा राष्ट्र—सबैका लागि यो सत्य समान रूपमा लागू हुन्छ ।
एउटा पुरानो कथा छ— एकजना राजाले आफ्नो दरबारका सबै ऐनाहरू हटाउन आदेश दिन्छन् । उनलाई आफ्ना सेता कपाल र अनुहारका चाउरी मन पर्दैनथ्यो । केही समयपछि उनले आफू अझै जवान भएको भ्रम पाल्न थाले । तर शरीरको वास्तविकता परिवर्तन भएको थिएन; केवल ऐना हटाइएको थियो । हाम्रो समाजमा पनि यस्तै प्रवृत्ति देखिन्छ । हामी समस्या लुकाउन खोज्छौँ, तथ्यभन्दा प्रचारलाई प्राथमिकता दिन्छौँ । आलोचनालाई शत्रुता ठान्छौँ । तर ऐना फुटाएर अनुहार सुन्दर हुँदैन । समस्या स्वीकार नगरी समाधान सम्भव हुँदैन ।
स्टिफन कोवेले आफ्नो प्रसिद्ध कृतिमा लेखेका छन, ‘व्यक्तिगत विजय बिना सार्वजनिक विजय सम्भव हुँदैन ।’ अर्थात्, समाज बदल्नुअघि व्यक्तिको चरित्र, अनुशासन र जिम्मेवारी बदलिनुपर्छ । यही सिद्धान्त परिवार, विद्यालय, कार्यालय र राष्ट्र सबैमा लागू हुन्छ । अरूलाई बदलिनुपर्छ भन्नेहरू हामी आफू बदलियौँ कि बदलिएनौँ ?
यति मात्र होइन, हामी दोषारोपणको संस्कृतिबाट पनि मुक्त हुनुपर्छ । विद्यार्थी भन्छन्– शिक्षक राम्रा भएनन् । शिक्षक भन्छन्– विद्यार्थी पढ्नै चाहँदैनन् । अभिभावक भन्छन्– विद्यालय कमजोर छ । विद्यालय भन्छन्– अभिभावकको सहयोग छैन । यसरी दोषको चक्र घुमिरहन्छ, तर समाधान कतै देखिँदैन । वास्तवमा दोषारोपणले क्षणिक सान्त्वना दिन सक्छ, तर भविष्य निर्माण गर्न सक्दैन । जिम्मेवारी स्वीकार गर्ने साहस नै परिवर्तनको वास्तविक सुरुवात हो ।
नेपाली समाजले पनि अब दोषको संस्कृतिबाट सिकाइको संस्कृति तर्फ यात्रा गर्नुपर्छ । विकास भनेको गल्ती नहुनु होइन; गल्ती दोहोरिन नदिनु हो । सफल समाज र असफल समाजबिचको मुख्य भिन्नता भनेकै एकअर्काबाट सिक्नु हो ।
केनेडीको ऐतिहासिक भनाइ आज पनि उत्तिकै सान्दर्भिक छ– देशले तिम्रा लागि के गर्यो भनेर नसोध; तिमीले देशका लागि के गर्यौ भनेर सोध । यदि प्रत्येक नागरिकले यही प्रश्न आफैँलाई सोध्न थाल्यो भने समाज परिवर्तनको गति धेरै तीव्र हुनेछ ।
हामीले गल्तीलाई पनि नयाँ दृष्टिले हेर्नुपर्छ । गल्ती लाजको विषय होइन; गल्तीबाट नसिक्नु लाजको विषय हो । हिँड्न सिक्ने बालक सयौँ पटक लड्छ, तर लडेकै कारण हिँड्न छोड्दैन । असफलता अन्तिम सत्य होइन; त्यो सुधारको निम्तो हो । थोमस एडिसनले हजारौँ असफल प्रयासपछि विद्युत् बल्बको सफल विकास गरे । उनलाई असफलताको बारेमा सोधिँदा उनले उत्तर दिएका थिए– मैले असफलता भोगेको होइन; काम नलाग्ने हजारौँ तरिका पत्ता लगाएको हुँ । यो दृष्टिकोण नै सिर्जनशीलताको आत्मा हो ।
नेपाली समाजले पनि अब दोषको संस्कृतिबाट सिकाइको संस्कृति तर्फ यात्रा गर्नुपर्छ । विकास भनेको गल्ती नहुनु होइन; गल्ती दोहोरिन नदिनु हो । सफल समाज र असफल समाजबिचको मुख्य भिन्नता भनेकै एकअर्काबाट सिक्नु हो ।
अर्कोतर्फ, मौलिकताको प्रश्न पनि उत्तिकै महत्त्वपूर्ण छ । संसारबाट सिक्नु आवश्यक छ, तर अन्धानुकरण गर्नु घातक हुन्छ । हाम्रा नीति, शिक्षा, कृषि, पर्यटन, स्थानीय विकास र सामाजिक अभियान हाम्रो भूगोल, संस्कृति र आवश्यकताअनुसार निर्माण हुनुपर्छ । नक्कलले परीक्षा त पास गराउन सक्छ, तर इतिहास निर्माण गर्न सक्दैन । इतिहास सधैँ मौलिक सोच भएका मानिसहरूले लेखेका हुन्छन् ।
यसैले समाज रूपान्तरणको बाटो तीनवटा आधारमा उभिएको छ– सही सोच, सही कार्यशैली र सही आत्मसमीक्षा । यी तीनमध्ये एउटा पनि कमजोर भयो भने विकासको घर बलियो रहँदैन । जसरी रूखको जरा स्वस्थ नभए हरियो पात टिक्दैन, त्यसरी नै चरित्र, उत्तरदायित्व र इमानदारी कमजोर भए विकासका भौतिक संरचनाहरू पनि दीर्घकालीन समृद्धिको आधार बन्न सक्दैनन् ।
आज हाम्रो समाजको एउटा गम्भीर समस्या यही हो कि हामी परिवर्तनका कुरा धेरै गर्छौँ, तर परिवर्तनको अभ्यास कम गर्छौ ँ। कार्यालयमा समयपालनको कुरा हुन्छ, तर बैठक नै ढिलो सुरु हुन्छ । विद्यालयमा अनुशासन पढाइन्छ, तर शिक्षक र विद्यार्थी दुवै समयप्रति उदासीन देखिन्छन् । इमानदारीका भाषण हुन्छन्, तर सानो फाइदाका लागि नैतिकताको सम्झौता सहजै गरिन्छ । यस्तो अवस्थामा विकासका योजना कागजमा सफल देखिए पनि व्यवहारमा अपेक्षित परिणाम आउँदैन ।
यसैले समाज रूपान्तरणको बाटो तीनवटा आधारमा उभिएको छ– सही सोच, सही कार्यशैली र सही आत्मसमीक्षा ।
समाज रूपान्तरणको यात्रामा अन्ततः सबैभन्दा निर्णायक प्रश्न मानवीय चेतनाको हो । विकासका सबै सूचकहरू मानिसकै जीवनलाई सहज, सभ्य र अर्थपूर्ण बनाउनका लागि हुन् । यदि विकासको केन्द्रबाट मानिस हरायो भने बाँकी सबै उपलब्धि केवल बाहिरी चमकमा सीमित रहन्छ । त्यसैले सभ्यताको वास्तविक उचाइ भवनको उचाइले होइन, मानिसको चेतनाको उचाइले मापन गरिन्छ ।
आज संसारमा विज्ञानले अकल्पनीय उन्नति गरेको छ । कृत्रिम बुद्धिमत्ता, अन्तरिक्ष अनुसन्धान, जैविक प्रविधि र डिजिटल क्रान्तिले मानव जीवनलाई नयाँ युगमा प्रवेश गराएको छ । तर यही संसारमा युद्ध, हिंसा, जातीय घृणा, पर्यावरणीय विनाश, भ्रष्टाचार, स्वार्थ र असमानता पनि बढिरहेका छन् । यसले एउटा गम्भीर सत्य उजागर गर्छ– ज्ञान बढ्नु र बुद्धि बढ्नु एउटै कुरा होइन; प्रविधि विकसित हुनु र चेतना विकसित हुनु पनि एउटै कुरा होइन ।
यसै सन्दर्भमा रवीन्द्रनाथ टैगोरको प्रार्थना अत्यन्त मार्मिक छ– जहाँ मन भयमुक्त होस्, जहाँ शिर सधैँ उँचो रहोस्, जहाँ ज्ञान स्वतन्त्र होस्, त्यहीँ मेरो देशलाई जागृत गर । यो कविता केवल साहित्यिक अभिव्यक्ति होइन; यो सामाजिक रूपान्तरणको घोषणापत्र हो । भयमुक्त मन, स्वतन्त्र चिन्तन र नैतिक साहस बिना कुनै समाज दीर्घकालीन रूपमा समृद्ध बन्न सक्दैन ।
नेपालको सन्दर्भमा हेर्ने हो भने हामीसँग प्राकृतिक सम्पदा, सांस्कृतिक विविधता, युवा जनशक्ति, जलस्रोत, पर्यटन र कृषिका अपार सम्भावना छन् । तर सम्भावना आफैँ उपलब्धि हुँदैन । सम्भावनालाई उपलब्धिमा बदल्ने शक्ति सोच, संस्कार र कार्यसंस्कृति हो । यदि हामीले आफ्नो समयको सम्मान गर्न सकेनौँ, सार्वजनिक सम्पत्तिलाई आफ्नै सम्पत्ति सरह जोगाउन सकेनौँ, इमानदारीलाई जीवनको मूल्य बनाउन सकेनौँ भने विकासको गति सधैँ अपेक्षाभन्दा सुस्त रहनेछ ।
त्यसैले अब हामीले विकासलाई नयाँ दृष्टिले बुझ्नुपर्छ । विकास भनेको केवल आय बढ्नु होइन; विश्वास बढ्नु पनि हो । केवल सडक बन्नु होइन; संस्कार बन्नु पनि हो । केवल भवन उठ्नु होइन; चरित्र उठ्नु पनि हो । केवल प्रतिस्पर्धा होइन; सहकार्य पनि हो । केवल अधिकार होइन; कर्तव्य पनि हो ।
अन्ततः हामीले स्वीकार्नैपर्छ राष्ट्र निर्माण कुनै एक नेता, सरकार वा एउटा संस्थाको काम होइन । यो त करोडौँ नागरिकको दैनिक आचरणबाट निर्मित हुने सामूहिक अभियान हो । जब शिक्षकले आफ्नो कक्षालाई राष्ट्र निर्माणको प्रयोगशाला ठान्छ, कर्मचारीले सेवालाई धर्म ठान्छ, विद्यार्थीले अध्ययनलाई भविष्य निर्माणको साधना ठान्छ, अभिभावकले संस्कारलाई सम्पत्तिभन्दा ठुलो मान्छ, पत्रकारले सत्यलाई प्राथमिकता दिन्छ, व्यवसायीले इमानदारीलाई नाफाभन्दा माथि राख्छ र नागरिकले सार्वजनिक हितलाई निजी स्वार्थभन्दा ठुलो ठान्छ— त्यस दिन विकासका सूचकाङ्क मात्र होइन, समाजको आत्मा पनि उज्यालो हुनेछ ।
यसैले आजको सबैभन्दा ठुलो क्रान्ति राजनीतिक होइन, चेतनाको क्रान्ति हो । सबैभन्दा ठुलो सुधार कानुनको होइन, चरित्रको सुधार हो । सबैभन्दा ठुलो लगानी भवनमा होइन, मानिसमा हो । त्यसैले विकासको पहिलो दीपक सरकारको कार्यालयमा होइन, आफ्नै अन्तःकरणमा बालौँ ।
अन्त्यमा, कहिल्यै हामीले सोचेका थियौँ होला त केपभर्डेले विश्वकप खेल्न सक्छ भनि ? अर्जेन्टिनाको जस्तै फुटबलमा केप भर्डेको लगानी थियो भने के हुन्थ्यो होला ? उनीहरूले लगानी होइन, इच्छाशक्ति, समर्पण र सोचले खेलेका हुन् । उनीहरूलाई थाहा छ सोचले समर्पण बन्छ र समर्पणले लक्ष्य चुम्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीताको ‘सिलप्याक’ ग्यास सिलिन्डर खाली भेटिएपछि....
-
सचिव पुष्कर अनिवार्य अवकाशमा
-
राष्ट्र बैंक विधेयकमा डेढ दर्जन संशोधन : गभर्नरको कार्यकाल घटाउनेदेखि प्रादेशिक बैंकको प्रस्ताव
-
आन्तरिक रूपमा तयार पार्ने अनुसन्धान प्रतिवेदनहरू सार्वजनिक नगर्ने आयोगको नीति
-
बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढ्दो
-
फरार रहेका ७ जना प्रतिवादीको हकमा के हुन्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण