चीनको क्षेप्यास्त्र परीक्षणविरुद्ध प्रशान्त राष्ट्र एकजुट
काठमाडाैँ । प्रशान्त क्षेत्रका राष्ट्रहरूले चीनले हालै प्रशान्त महासागरमा गरेको रणनीतिक क्षेप्यास्त्र परीक्षणको विरोधमा कडा संयुक्त वक्तव्य जारी गर्ने तयारी गरेका छन् । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले क्षेत्रीय सहमतिका लागि उक्त वक्तव्यको मस्यौदा प्रशान्त टापु फोरमका सदस्य राष्ट्रबिच छलफलमा रहेको जानकारी दिएका छन् ।
ब्रिस्बेनमा पपुवा न्यू गिनी, टोङ्गा र सामोआका नेतासँग सुरक्षा वार्ताअघि सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री अल्बानिजले प्रशान्त क्षेत्रका देशहरूले एउटै स्वरमा बलियो सन्देश दिन आवश्यक रहेको बताए । उनका अनुसार तयार पारिएको संयुक्त वक्तव्य निकै कडा प्रकृतिको छ ।
चीनले सोमबार प्रशान्त महासागरमा नक्कली वारहेड बोकेको रणनीतिक क्षेप्यास्त्र परीक्षण गरेको थियो । अस्ट्रेलिया, न्युजिल्यान्ड, जापान र संयुक्त राज्य अमेरिकालगायतका देशहरूले त्यसको आलोचना गरेका छन् । निगरानीकर्ताहरूका अनुसार क्षेप्यास्त्र सोलोमन टापु, नाउरू र तुभालुबीचको समुद्री क्षेत्रमा खसेको देखिएको थियो ।
चिनियाँ सहायता र पूर्वाधार ऋणमा निर्भर धेरै प्रशान्त राष्ट्रहरू बेइजिङको सार्वजनिक आलोचना गर्न हिच्किचाउने गरेका छन् । तर सोलोमन टापुले पनि मङ्गलबार उक्त क्षेप्यास्त्र परीक्षणप्रति असन्तुष्टि जनाएको छ ।
प्रधानमन्त्री अल्बानिजले टोङ्गाका प्रधानमन्त्री लर्ड फकाफानुआ, पपुवा न्यू गिनीका प्रधानमन्त्री जेम्स मारापे र सामोआका प्रधानमन्त्री ला’ओलियालिमालिएटोआ ल्युएटा श्मिटसँग क्षेत्रीय सुरक्षा तथा सहकार्यबारे छलफल गर्दै छन् । उनले प्रशान्त क्षेत्रको सुरक्षाका लागि क्षेत्रीय राष्ट्रहरू स्वयं जिम्मेवार बन्नुपर्नेमा जोड दिए ।
अस्ट्रेलियाले चीनको बढ्दो प्रभावलाई सन्तुलनमा राख्ने रणनीतिअन्तर्गत प्रशान्त क्षेत्रका देशमा सुरक्षा सहकार्यसँगै रग्बी लिग र रग्बी युनियन कार्यक्रममार्फत पनि सम्बन्ध विस्तार गरिरहेको छ ।
चीनको क्षेप्यास्त्र परीक्षण अस्ट्रेलिया र फिजीबीच नयाँ रक्षा साझेदारी सम्झौतामा हस्ताक्षर भएकै दिन भएको थियो । क्यानबेराले पछिल्ला वर्षहरूमा दक्षिण प्रशान्तका विभिन्न देशसँग सुरक्षा सहकार्य विस्तार गर्दै आएको छ ।
फिजीका रक्षामन्त्री पियो टिकोडुआडुआले चिनियाँ दूतावासलाई परीक्षण नगर्न पूर्वचेतावनी दिएको बताउनुभएको छ । उहाँका अनुसार यस्तो क्षेप्यास्त्र परीक्षणले क्षेत्रीय विश्वास र पारस्परिक सम्मानलाई कमजोर बनाएको छ । साथै, परीक्षण भएकै समयमा चीनको क्षेप्यास्त्र निगरानी जहाज युआन वाङ–५ फिजीको बन्दरगाहमा रहेको घटनालाई उनले असामान्य संयोगको संज्ञा दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्ली जुलाई महिनाभरि नेपाली फिल्म देखाइने
-
कर्णालीमा मन्त्रीको मनपरी ! पर्यटन प्रवर्द्धनको बजेटमा विद्यालयदेखि बारको भवन
-
भूमिहीन सुकुमबासीको अधिकार संरक्षण र टीआरसी टुङ्गोमा पुर्याउन सांसदहरूको जोड
-
मौद्रिक नीतिले बढाउन सकेन नेप्से, ३०.०९ अङ्ककाे गिरावट
-
फिफा अध्यक्ष इन्फान्टिनोमाथि अनुसन्धान गर्न युरोपेली सांसदहरूको माग
-
‘सुकुमबासीको आँखामा आँसुको उपहार दिएर सरकारले १०० दिन मनायो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण