बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार प्रतिवादी पक्राउ

बुधबार, २४ असार २०८३, १३ : ४९
बुधबार, २४ असार २०८३

सारांश

  • मकवानपुरबाट लागुऔषध (अफिम) मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेका छन्।
  • २०८२ साल भदौ २३-२४ गते भएको जेनजी आन्दोलनको मौका छोपी नख्खु कारागारबाट भागेका सुकलाल वाइवालाई प्रहरीले मकवानपुरको बकैया गाउँपालिकाबाट पक्राउ गरेको हो।
  • २० वर्ष कैद सजाय पाएका वाइवालाई थप कारबाहीका लागि भीमफेदी कारागार पठाइएको छ।

ललितपुर । ललितपुरको नख्खु कारागारबाट फरार भएका लागुऔषध (अफिम) मुद्दाका एक कैदीलाई प्रहरीले मकवानपुरबाट पक्राउ गरेको छ। 

२०८२ साल भदौ २३–२४ गते भएको जेनजी आन्दोलनको मौका छोपेर कारागारबाट भागेका प्रतिवादीलाई खोजतलासका क्रममा प्रहरीले नियन्त्रणमा लिन सफल भएको हो। 

पक्राउ पर्नेमा मकवानपुर जिल्लाको बकैया गाउँपालिका वडा नं. ६ ज्यामिरे बस्ने ३९ वर्षका सुकलाल वाइवा रहेका छन्। लागुऔषध अफिम सम्बन्धी मुद्दामा अदालतबाट २० वर्षको कैद सजाय पाएर नख्खु कारागारमा सजाय भुक्तान गरिरहेका वाइवा आन्दोलनका क्रममा फरार सूचीमा रहेका थिए। 

उनलाई जिल्ला प्रहरी कार्यालय र मातहतको टोलीले खोजतलास गर्ने क्रममा मिति २०८३ साल असार २३ गते मकवानपुरको बकैया गाउँपालिका वडा नं. ४ स्थित जुरेली बजारबाट फेला पारी पक्राउ गरेको हो। पक्राउ परेका वाइवालाई थप आवश्यक कानुनी कारबाही अगाडि बढाउनका लागि भीमफेदी कारागार पठाइएको प्रहरीले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप