बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

इरानलाई क्यान्सरसँग तुलना गर्दै ट्रम्पले भने– अब एमओयू सकियो

बुधबार, २४ असार २०८३, १४ : ४२
बुधबार, २४ असार २०८३

सारांश

  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको समझदारीपत्र (एमओयू) अब प्रभावहीन भएको बताएका छन् ।
  • उनले इरानलाई क्यान्सरसँग तुलना गर्दै दुष्ट र अस्वस्थ सोच भएका मानिसहरूको शासन भएको आरोप लगाए ।
  • ट्रम्पले अमेरिका अब इरानसँग कूटनीतिक प्रयासमा समय खर्च गर्न नचाहेको स्पष्ट पारे ।

अंकारा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको समझदारीपत्र (एमओयू) अब प्रभावहीन भएको बताएका छन् । उनले नाटो शिखर सम्मेलनका क्रममा पत्रकारहरूसँग कुरा गर्दै इरानसँग वार्ता जारी राख्नु अब समयको बर्बादी भएको टिप्पणी गरे । ‘उनीहरूसँग व्यवहार गर्नु समयको बर्बादी हो,’ ट्रम्पले भने ।

ट्रम्पको यो अभिव्यक्तिलाई इरानसँग भएको प्रारम्भिक समझदारी लगभग विफल भएको सङ्केतका रूपमा हेरिएको छ । यसअघि इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स  (आईआरजीसी) ले अमेरिकाले इरानमाथि गरेको आक्रमणको प्रतिशोध स्वरूप बहराइन र कुवेतमा रहेका अमेरिकी सैन्य लक्ष्यहरूमा मिसाइल र ड्रोन आक्रमण गरेको दाबी गरेको थियो ।

अंकारामा आयोजित नाटो शिखर सम्मेलनमा बोल्दै ट्रम्पले इरानलाई दुष्ट र अस्वस्थ सोच भएका मानिसहरूको शासन भन्दै कडा आलोचना गरे । इरानले स्टेट अफ होर्मुजमा व्यावसायिक जहाजहरूलाई निशाना बनाएर युद्धविराम उल्लङ्घन गरेको आरोप पनि उनले लगाए । ट्रम्पले इरानलाई फोहोर खेल खेल्ने पक्षको संज्ञा दिए ।

अमेरिकाले अब इरानसँगको कूटनीतिक प्रयासमा समय खर्च गर्न नचाहेको स्पष्ट पार्दै आफ्नो प्रशासन अन्य प्राथमिकतामा केन्द्रित हुने उनले बताए । ‘क्यान्सरलाई समयमै हटाउनुपर्छ । मेरो सोच पनि त्यही हो,’ इरानलाई क्यान्सरसँग तुलना गर्दै ट्रम्पले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप