दिल्ली जुलाई महिनाभरि नेपाली फिल्म देखाइने
सारांश
- भारतको नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले जुलाई महिनाभर नेपाली चलचित्र प्रदर्शन गर्ने भएको छ ।
- कार्यक्रमअन्तर्गत हरेक साता एक नेपाली फिल्म प्रदर्शन गरिनेछ र कलाकार, निर्देशक तथा चलचित्रकर्मीसँग अन्तरक्रिया गराइनेछ ।
- कार्यक्रमको उद्घाटन अवसरमा अभिनेत्री बिपना थापालाई नेपाली फिल्म क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरूप सम्मानि गरिएको छ ।
काठमाडौं । भारतको नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले यही जुलाई महिनाभर नेपाली चलचित्र प्रदर्शन गर्ने भएको छ । दुतावाले नेपाली चलचित्र, भाषा, कला, संस्कृति तथा कलाकारको प्रवद्र्धन गर्ने उद्देश्यले यस्तो कार्यक्रम सञ्चालनमा ल्याएको जनाएको छ ।
कार्यक्रमअन्तर्गत हरेक साता एक नेपाली फिल्म प्रदर्शन गरिनेछ भने सम्बन्धित फिल्मका कलाकार, निर्देशक तथा चलचित्रकर्मीलाई समेत आमन्त्रण गरी दर्शकसँग अन्तरक्रिया गराइने व्यवस्था मिलाइएको छ ।
कार्यक्रमको उद्घाटन अवसरमा मंगलबार अभिनेत्री बिपना थापा पनि सम्मानित भएकी छन् । थापालाई नेपाली फिल्म क्षेत्रमा पुर्याएको अतुलनीय योगदानको कदरस्वरूप सम्मानि गरिएको हो ।
दूतावासले नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने, भारतमा रहेका नेपाली समुदायलाई आफ्नो भाषा, कला र संस्कृतिसँग अझ नजिक जोड्ने तथा नेपाली चलचित्र उद्योगको विकासमा योगदान पु¥याउने उद्देश्यले यो अभियान प्रारम्भ गरेको अभिनेत्री थापाले बताइन् ।
उनले भनिन्, ‘दूतावासको यस पहललाई अत्यन्त सकारात्मक रूपमा लिएकी छु’, बिपनाले भनिन् ‘यस्तो कार्यक्रमले नेपाली चलचित्र उद्योगलाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ पहिचान दिलाउन सहयोग पुग्ने छ ।’ कार्यक्रममा नेपाली फिल्मको इतिहास, वर्तमान अवस्था तथा सम्भावनाबारे छलफल समेत हुनेछ ।
कार्यक्रममा आगामी शुक्रबार अभिनेत्री प्रदीप खड्का अभिनित एक्लो प्रदशर््न हुनेछ । त्यसपछि नाजिर हुँसेन अभिनित फिल्म गुन्युचोलो प्रदर्शन हुनेछ । कार्यक्रममा कलाकार पनि सहभागी हुँदैछिन् । उनीहरुलाई सहभागीताका लागि निम्तो समेत दिइसकेकीएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा अदालतको फैसला स्वागतयोग्य, थप अनुसन्धान अघि बढाउन नारायणकाजीको आग्रह
-
मन्त्री यादव र राजदूत बासबिच भेटवार्ता
-
युनिभर्सल मेडिकल कलेजमा श्रम कार्यालयको अनुगमन
-
साउथ सुपरस्टार यशको ‘टक्सिक’को पहिलो गीत ‘तबाही’ सार्वजनिक
-
चरेससहित एक जना पक्राउ
-
लुम्बिनीमा स्थानीय तहका पदाधिकारीको सुविधा सम्बन्धी विधेयक फिर्ता लिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण