नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने शिक्षकविरुद्ध मुद्दा
सारांश
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाका शिक्षक गुन्जेश्वर मण्डलविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ।
- शिक्षक मण्डलले आईएस्सी र स्नातक तह उत्तीर्ण गरेको भनी झुट्टा शैक्षिक प्रमाणपत्र पेस गरी माध्यमिक तह तृतीय श्रेणीको शिक्षक पदमा नियुक्ति लिएका थिए।
- आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम मण्डललाई कैद र जरिवाना सजायको मागदाबी गरेको छ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकास्थित जनता माध्यमिक विद्यालयका शिक्षक गुन्जेश्वर मण्डल विरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।
विद्यालयमा माध्यमिक तह तृतीय श्रेणीमा कार्यरत शिक्षक मण्डलको पीसीएल र स्नातक तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पुष्टि भएपछि आयोगले बुधबार मुद्दा दायर गरेको हो।
शिक्षक मण्डलले शिक्षक पेसामा नियुक्ति लिने क्रममा भारतको बिहार इन्टरमिडिएट एजुकेसन काउन्सिल, पटनाबाट आईएस्सी र चौधरी चरण सिंह विश्वविद्यालय मेरठबाट विज्ञानमा स्नातक तह उत्तीर्ण गरेको भनी झुट्टा शैक्षिक प्रमाणपत्र पेस गरेका थिए। उनले ती नक्कली प्रमाणपत्रका आधारमा माध्यमिक तह तृतीय श्रेणीको शिक्षक पदमा नियुक्ति लिई सरकारी ओहदा, लाभ र सुविधा समेत प्राप्त गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ।
अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार मण्डलले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर गरेको देखिएकाले उनलाई सोही ऐन बमोजिम कैद र जरिवाना सजायको मागदाबीसहित विशेष अदालतमा आरोपपत्र दायर गरिएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एडीबीका अध्यक्ष कान्डासँग बालेनको भेटले अन्य कूटनीतिज्ञसँग भेटवार्ताको बाटो खुलेको हो ?
-
लुम्बिनी प्रदेशमा विनियोजन विधेयक बहुमतले पारित
-
टिकटकले किन हटायो नेपालीले बनाएका साढे १९ लाखभन्दा बढी भिडियो ?
-
सिरहामा ४० वर्षीय महिलाको शव खोलाकिनारमा भेटियो
-
राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको अनुगमन अब डिजिटल पोर्टलबाट
-
धुर्मुसको अपिलः सकिन्छ भने न्याय दिनुस्, सकिन्न भने जेल हालिदिनुस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण