कर्णाली नदीमा भेटिएको शवको पहिचान, साङ्गेतडा दुर्घटनाका ३ जना अझै सम्पर्कविहीन
सुर्खेत । सोमबार कैलालीको मोहान्याल गाउँपालिका–६, सुङ्गरखालको कर्णाली नदी क्षेत्रमा भेटिएको पुरुषको शव साङ्गेतडामा दुर्घटना भई नदीमा बेपत्ता भएका मेगे तिरुवाको भएको पुष्टि भएको छ।
उनका छोरा रविन्द्र तिरुवा आफ्नो बुबाको शव पहिचान गरेका हुन् । मंगलबार रविन्द्रले खनाखत गरेर शव बुझेको इलाका प्रहरी कार्यालय कैलाली चिसापानीलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक श्रवण कुमार विकले बताए । मेगे कालिकोटको पचालझरना गाउँपालिका–९ का हुन्।
त्यस्तै कैलाली चिसापानी क्षेत्रमा भेटिएको महिलाको शव भने साङ्गेतडा घटनासँग सम्बन्धित नरहेको उनको भनाइ छ।
अझै ३ जनाको अवस्था भने अज्ञात छ। गाडीसँगै बेपत्ता भएका कालिकोट रास्कोट नगरपालिका–२ का सिर्जना खड्का र पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–८, का तुलाराम सुबेदी र सहचालक राम प्रसाद सुवेदीको अवस्था अज्ञात छ। चालक र सहचालक दुई दाजुभाइ हुन्।
बिहीबार बिहान ११ः ३० बजे सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको जाँदै गरेको क.प्र. ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ स्थित कर्णाली राजमार्गको साङ्गेतडा क्षेत्रमा दुर्घटना भएको थियो।
गाडी राजमार्गबाट करिब ४०० मिटर तल कर्णाली नदीमा खसेको थियो । त्यसपछि गाडी नदीमा डुबेको थियो। गाडीमा सवारमध्ये कालिकोट पचालझरना गाउँपालिका–९ निवासी ५४ वर्षीय जेखे तिरुवा भीरमा अड्किएको अवस्थामा फेला परेका थिए।
दुल्लु अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।बेपत्ता गाडी र यात्रुको ३ वटै सुरक्षा निकायले खोजी कार्य जारी राखेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी काण्डबारे लेखा समितिमा उठ्यो प्रश्न
-
सुदूरपश्चिममा सत्तारुढ दल एमालेले नै बजेटविरूद्ध खर्च कटौती प्रस्ताव ल्याउने
-
लेखा समितिको आन्तरिक कार्यविधि परिमार्जनसहित पारित
-
संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको प्रतिवेदन लेखन अन्तिम चरणमा
-
झ्याप–झ्याप बत्ती जाने समस्या समाधान गर्न कार्यदल गठन
-
१५ वर्षदेखि अलपत्र कमला पुल, जोखिमपूर्ण यात्रा गर्न बाध्य सर्वसाधारण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण