एन्थ्रोपिकको एआई कोडिङ उपकरणमा ‘सुरक्षा जोखिम’ रहेको चेतावनी
काठमाडाैँ । चीनको एक साइबर सुरक्षा निकायले अमेरिकी कृत्रिम बुद्धिमत्ता (एआई) कम्पनी एन्थ्रोपिकको ‘क्लाउड कोड’ नामक एआई कोडिङ उपकरणका केही संस्करणमा सुरक्षा जोखिम रहेको भन्दै प्रयोगकर्तालाई सतर्क रहन चेतावनी दिएको छ।
चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयसँग सम्बद्ध राष्ट्रिय जोखिम डाटाबेस (एनभीडीबी)ले उक्त उपकरणमा रहेको भनिएको ‘सुरक्षा ब्याकडोर’ले प्रयोगकर्ताको स्थान र पहिचानसम्बन्धी संवेदनशील जानकारी प्रयोगकर्ताको सहमतिबिनै कम्पनीको सर्भरमा पठाउन सक्ने जनाएको छ।
‘क्लाउड कोड’ एक एआई कोडिङ उपकरण हो, जसले प्रयोगकर्ताको निर्देशनका आधारमा कम्प्युटर कोड तयार गर्ने, सफ्टवेयरको त्रुटि सुधार गर्ने तथा कोड समीक्षा गर्ने क्षमता राख्छ।
एनभीडीबीले सम्बन्धित संस्था तथा प्रयोगकर्तालाई उक्त उपकरणको प्रयोगबारे तत्काल सुरक्षा परीक्षण गर्न तथा आवश्यक परेमा अनइन्स्टल गर्न वा सुरक्षा जोखिम हटाइएको नवीनतम संस्करणमा अद्यावधिक गर्न आग्रह गरेको छ। साथै, संवेदनशील सूचना चुहावट रोक्न नेटवर्क ट्राफिकको निगरानी सुदृढ गर्न पनि सुझाव दिएको छ।
एएफपीका अनुसार एन्थ्रोपिकले यी आरोपबारे गरिएको टिप्पणीको अनुरोधमा तत्काल प्रतिक्रिया दिएको छैन। यसैबिच चिनियाँ प्रविधि कम्पनी अलिबाबाले सुरक्षा चिन्ताका कारण जुलाई १० देखि ‘क्लाउड कोड’को प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको जनाइएको छ।
यता, एन्थ्रोपिकका ‘क्लाउड कोड’ इन्जिनियर थारिक शिहिपरले सामाजिक सञ्जाल एक्समार्फत उक्त प्रणालीमा रहेको डेटा ट्र्याकिङ सुविधा अनधिकृत पुनर्विक्रेता तथा एआई मोडेलको दुरुपयोग रोक्न गरिएको परीक्षणको हिस्सा भएको बताए। उनले उक्त सुविधा हटाउने प्रक्रिया अघि बढिसकेको र नयाँ संस्करणमा पूर्ण रूपमा हटाइने जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानव अधिकारको प्रभावकारी कार्यान्वयनमा जोड
-
सुडानमा ड्रोन आक्रमणबाट कम्तीमा २० सर्वसाधारणको मृत्यु
-
अस्पताल र सहकारीमै श्रम शोषण : नियुक्ति पत्र र न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न सरकारको निर्देशन
-
‘बालेन सरकारलाई मेरो आग्रह छ- प्रश्न गर्नेहरूलाई शत्रु नदेख्नुस्’
-
ध्रुवे हात्तीलाई नियन्त्रणमा लिई रेडियो कलर गरिने, मृतकका परिवारलाई २० लाख रुपैयाँ राहत
-
सहमति नभए छुट्टै १५ औँ महाधिवेशन गर्नुपर्छ : विमलेन्द्र निधि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण