अपडेट
गणेश नेपालीको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल लगियो
शनिबार, २७ असार २०८३, ०८ : ३१
सारांश
- मुगुका गणेश नेपालीको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ ।
- राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गर्दा नेपालीको ज्यान गएको थियो ।
- वीर अस्पतालमा उपचारका क्रममा उनको निधन भएको थियो ।
काठमाडौँ । काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी ज्यान गुमाएका मुगुका गणेश नेपालीको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ । शवलाई पोस्टमार्टमका लागि बिहीबार राति नै शिक्षण अस्पताल लगिएको प्रहरीले जानकारी दिएको हो ।
काठमाडौँमा राइड सेयरिङमार्फत परिवारको गुजारा चलाउँदै आएका मुगु सोरु गाउँपालिका-१ का युवा नेपालीले महानगर प्रहरीको ‘ह्विल लक’ गर्ने क्रममा उत्पन्न तनावका कारण आफ्नै शरीरमा आगो लगाएका थिए ।
उनलाई उपचारका लागि वीर अस्पताल लगिएकोमा उपचारकै क्रममा उनको शुक्रबार बिहान निधन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ललितपुरको पत्रकारिता इतिहास : स्थानीय सञ्चारको प्रामाणिक दस्ताबेज
-
नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजत खारेज
-
होल्डिङ सेन्टरमा बाढी पसेपछि सुकुमबासी परिवारको बिचल्ली (तस्बिरहरू)
-
न्याय खोज्दै फेरि मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’
-
एआईबाट सिर्जित सङ्गीत पहिचान गर्न नयाँ लेबलिङ प्रणाली सार्वजनिक
-
अघिल्लो वर्षको तुलनामा बढ्यो राजश्व संकलन, अनुदानमा पनि वृद्धि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण