पुराना दललाई झुटा आरोप लगाएर भ्रम छरियो, परिणाम नआउँदा निराशा बढ्यो : महेश बस्नेत
सारांश
- नेकपा एमालेका नेता महेश बस्नेतले पछिल्लो समय लगातार भइरहेका आत्मदाहका घटनाहरू र त्यसबाट उत्पन्न परिस्थितिलाई लिएर चिन्ता व्यक्त गरेका छन्।
- उनले नागरिकहरूमा निराशा, आक्रोश र असहायपन बढ्नुमा वर्तमान बालेन सरकार जिम्मेवार रहेको आरोप लगाएका हुन्।
- जीवनभन्दा ठुलो केही नभएकाले कुनै पनि पीडाको समाधान आत्मदाह वा हिंसा हुन नसक्ने उनले बताएका छन्।
काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले पछिल्लो समय लगातार भइरहेका आत्मदाहका घटनाहरू र त्यसबाट उत्पन्न परिस्थितिलाई लिएर चिन्ता व्यक्त गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट गर्दै उनले नागरिकहरूमा निराशा, आक्रोश र असहायपन बढ्नुमा वर्तमान बालेन सरकार जिम्मेवार रहेको आरोप लगाएका हुन्।
नेता बस्नेतले हिजो गणेश नेपालीको आत्मदाहको घटनाबाट उत्पन्न आक्रोश बढिरहेका बेला फेरि सर्लाहीको गोडैता नगरपालिकाका २५ वर्षीय विवेक मण्डल र काठमाडौँको बुद्धनगरमा ४५ वर्षीय अश्विन राउतले आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेको खबर आएको उल्लेख गरेका छन्। यी घटनाहरू अत्यन्त दुःखद भएको बताउँदै उनले सबै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।
लगातार भइरहेका यस्ता घटनाले नागरिकहरू किन यति धेरै निराश र असहाय महसुस गरिरहेका छन् भन्ने गम्भीर प्रश्न उठाएको बस्नेतको भनाइ छ। वर्तमान बालेन सरकारले पुराना दल र नेतालाई झुटा आरोप लगाएर तथा भ्रम छरेर जनतामा ठुलो अपेक्षा जगाएको र त्यसअनुसार परिणाम नआउँदा धेरैमा निराशा र असन्तुष्टि बढेको दाबी उनले गरेका छन्।
कुनै पनि नेतृत्वको दायित्व जनतालाई भ्रम नभई भरोसा दिनु रहेको बस्नेतले स्पष्ट पारेका छन्। जनताको आशा र विश्वास जोगाउँदै समस्याको समाधान संवाद, जिम्मेवारी र सुशासनबाट खोजिनुपर्नेमा उनले जोड दिएका छन्। जीवनभन्दा ठुलो केही नभएकाले कुनै पनि पीडाको समाधान आत्मदाह वा हिंसा हुन नसक्ने उनले बताएका छन्। त्यस्तो वातावरण बन्न नदिन सरकार असफल भएमा जनताको आक्रोशमा बालेन सरकार नै भस्म हुने चेतावनी नेता बस्नेतले दिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइखोला बेलासेमा बेलीब्रिज जडान, सवारी सञ्चालन
-
सम्झौताको एक वर्षअघि नै बन्यो गोरखामा मोटरेबल पुल
-
विराटनगरमा शेखर कोइराला र प्रकाशरण महतबिच भेटघाट
-
गण्डकीको बजेट खर्च हालसम्मकै कमजोर, बल्लबल्ल फर्स्ट डिभिजन
-
बुद्धनगरमा आत्मदाहको प्रयास गरेका राउतको निधन
-
जनसाङ्ख्यिकीय सङ्क्रमणको कोणबाट युवाका आकाङ्क्षा र राज्यको दायित्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण