शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय
अपडेट

बुद्धनगरमा आत्मदाहको प्रयास गरेका राउतको निधन

शनिबार, २७ असार २०८३, १७ : ०१
शनिबार, २७ असार २०८३

सारांश

  • काठमाडौँको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको छ।
  • प्रहरीका अनुसार बिहान भान्सामा गएर राउतले आफ्नो शरीरमा आगो लगाएका थिए।
  • उपचारमा संलग्न डाक्टरका अनुसार उनको शरीर ५५ प्रतिशत जलेको थियो।

काठमाडौँ । काठमाडौँको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको निधन भएको छ। राउतको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

प्रहरीका अनुसार आज बिहान भान्सामा गएर आफ्नो शरीरमा आगो लगाएका थिए । ​घटनापछि उनलाई गम्भीर अवस्थामा वीर अस्पताल पुर्‍याइएको थियो ।

उनको शरीर ५५ प्रतिशत जलेको र  उपचारका क्रममा केही समयअघि मृत्यु भएको उपचारमा संलग्न डाक्टर पियुष दाहालले रातोपाटीलाई जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप