जोर्डनको हवाई अड्डामा क्षेप्यास्त्र आक्रमण गरेको इरानको दाबी
सारांश
- इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) ले जोर्डनस्थित प्रिन्स हसन एयर बेसमा प्रतिआक्रमण गरेको दाबी गरेको छ ।
- आईआरजीसीका अनुसार उक्त हवाई अड्डामा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरी कमान्ड तथा नियन्त्रण केन्द्र र ड्रोन भण्डारण ह्याङ्गरहरू नष्ट पारिएको छ ।
- यो आक्रमण अमेरिकी सेनाले इरानको सैन्य अड्डामा गरेको आक्रमणको प्रतिशोध भएको र थप आक्रमण भए कडा जवाफ दिइने चेतावनी आईआरजीसीले दिएको छ ।
अमान । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) ले जोर्डनस्थित प्रिन्स हसन एयर बेस मा प्रतिआक्रमण गरेको दाबी गरेको छ ।
आइतबार बिहान इरानी सरकारी सञ्चारमाध्यम आईआरआईबीले सार्वजनिक गरेको आईआरजीसीको विज्ञप्तिअनुसार उक्त हवाई अड्डामा धेरैवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरिएको थियो। आक्रमणबाट कमान्ड तथा नियन्त्रण केन्द्र र ड्रोन भण्डारण ह्याङ्गरहरू नष्ट भएको आईआरजीसीले दाबी गरेको छ ।
प्रिन्स हसन एयर बेस जोर्डनको वायुसेनाद्वारा सञ्चालन हुँदै आएको सैन्य हवाई अड्डा हो । अमेरिकी सेनाले इरानको दक्षिणी तटीय क्षेत्रमा रहेका सैन्य अड्डा र दूरसञ्चार टावरहरूमा गरेको हवाई आक्रमणको तत्काल प्रतिशोध भएको आईआरजीसीले यो आक्रमण जनाएको छ । विज्ञप्तिमा अमेरिकाले थप आक्रमण गरे त्यसको अझ कडा जवाफ दिइने चेतावनी पनि दिइएको छ ।
यस घटनाबारे प्रतिक्रिया लिन अमेरिकी सेनाको सेन्ट्रल कमान्ड (सेन्टकम)सँग सम्पर्क गरिएको भए पनि समाचार तयार पार्दासम्म कुनै आधिकारिक प्रतिक्रिया आएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले अर्थसम्बन्धी विभिन्न कानुन संशोधन र खारेज गर्दै, कुन–कुन ऐनमा कस्तो संशोधन ?
-
मनसुनजन्य रोगको रोकथामका लागि ‘प्रतिकार्य अभियान’
-
उपचारका क्रममा प्रहरी जवानको मृत्यु
-
बाँझो जग्गा सदुपयोग गर्न माडीमा ‘भूमि बैंक’ अवधारणा
-
म्याग्दीवासीलाई पोखरामै पुगेर प्रशासनिक सेवा
-
सुदूरपश्चिम सरकारको बजेटबारे सत्ता साझेदार दलमा विवाद कायमै, एमालेलाई मुख्यमन्त्रीको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण