विमानस्थलको आन्तरिक टर्मिनलमै कार्यक्रम गर्न खोजेका थिए दुर्गा प्रसाईंले
सारांश
- मेडिकल व्यवसायी दुर्गा प्रसाईंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा कार्यक्रम गर्न खोजेका थिए।
- प्रहरीले निषेधित क्षेत्रमा पूर्वस्वीकृतिबिना कार्यक्रम गर्न लागेको भन्दै रोकेको छ।
- प्रसाईंले नागरिक बचाउ महाअभियानको ब्यानरमा आत्मदाह गरेका गणेश नेपालीको विषयमा सम्बोधन गर्ने कार्यक्रम तय गरेका थिए।
काठमाडौं । मेडिकल व्यवसायी तथा नयाँ राजावादी पार्टी खोल्ने तयारीमा लागेका दुर्गा प्रसाईंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल क्षेत्रमा कार्यक्रम गर्न खोजेको पाइएको छ ।
यस्तो तयारीपछि प्रहरीले हस्तक्षेप गर्दै कार्यक्रम हुन नदिएको हो। निषेधित क्षेत्रमा पूर्वस्वीकृतिबिना पोस्टरसहित कार्यक्रमको तयारी गरेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले बताए ।
_2pbszuGUQI.jpg)
‘पोस्टर राखेर कार्यक्रम गर्ने तयारी गर्नुभएको रहेछ, हामीले रोकेका छौँ,’ उनले भने।
झापाबाट काठमाडौं फर्किएका प्रसाईंले नागरिक बचाउ महाअभियानको ब्यानरमा त्रिपुरेश्वरमा आत्मदाह गरेका गणेश नेपालीको विषयमा सम्बोधन गर्ने कार्यक्रम तय गरेको र त्यसका लागि अभियन्ताहरूलाई आन्तरिक टर्मिनलमा उपस्थित हुन आह्वान समेत गरेका थिए ।
_gYmEtYzA9U.jpg)
प्रहरीले कार्यक्रम रोक लगाएर प्रसाईंलाई भक्तपुरस्थित उनको निवाससम्म पुर्याएर छाडिएको प्रहरीले जनाएको छ।
प्रसाईं यसअघि पटक–पटक सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउ पर्दै छुट्दै आएका थिए । जेनजी आन्दोलनपछि मात्र उनी ६ पटक पक्राउ परिसकेका छन्।
_52bg4DZJ0Z.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवसमा कांग्रेसका समानान्तर कार्यक्रम
-
संविधान संशोधनमा ‘जनमत संग्रह सिफारिस’ले भड्किए पुराना दल
-
कास्कीको किम्रुङ खोलामा आएको बाढीले पुल बगायो, ४० घर प्रभावित
-
भारतका विमानस्थल प्रयोग गरेर वैदेशिक रोजगारीमा पठाउने १५९ मेनपावर कारबाहीमा
-
बझाङ दुर्घटनाका ५ जना घाइतेलाई हेलिकोप्टरमार्फत नेपालगञ्ज ल्याइयो
-
मानसिक स्वास्थ्यमा देशव्यापी अभियान चलाइने, संघ र प्रदेशका संयन्त्र परिचालन गर्न मन्त्रालयको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण