नाटक ‘सेतो धरती’ हेरेपछि पूर्वराष्ट्रपति भण्डारीले के भनिन् ?
सारांश
- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार गैरीधारास्थित कान्तिपुर थियटरमा पुगेर ‘सेतो धरती’ नामक नाटक हेरेकी छन् ।
- उनले नाटक निकै राम्रो बनेको र आफूलाई मन परेको प्रतिक्रिया दिएकी थिइन् ।
- मदन पुरस्कार विजेता पुस्तक ‘सेतो धरती’मा आधारित यो नाटक कान्तिपुर थियटरले पुनः मञ्चन गरिरहेको छ ।
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नाटक ‘सेतो धरती’ हेरेकी छन् । उनले शनिबार गैरीधारास्थित कान्तिपुर थियटर पुगेर नाटक हेरेकी हुन् ।
केही सहयोगीका साथ थियटर पुगेकी भण्डारीले नाटक निकै राम्रो बनेको र आफूलाई मन परेको प्रतिक्रिया दिएकी छन् ।
मदन पुरस्कार विजेता पुस्तक ‘सेतो धरती’ माथि नाटक आधारित कान्तिपुर थियटरले अहिले पुनः मञ्चन गरिरहेको छ । केही अगाडि मञ्चन भएको नाटक दर्शकको माग अनुसार सुरु हुने भएको छ । कान्तिपुर थिएटरले गत १३ गतेदेखि यसलाई पुनः मञ्चन थालेको हो ।
सुरुमा १६ असारसम्म मञ्चन गर्न भएर पुनः मञ्चन गरेको नाटक दर्शकको मागअनुसार असार २८ अर्थात् आजसम्म लम्ब्याइएको छ । चर्चित अभिनेत्री बेनिशा हमालको डेब्यू अभिनय रहेको यो नाटकको मञ्चन यसअघि १९ वैशाख भएको थियो ।
सुन्दर धिताल निर्देशित नाटकमा कान्तिपुर थिएटरका ३० जना कलाकारले समेत अभिनय गरेका छन् । थियटरले अब विश्वेश्वरप्रसाद कोइरालाको चर्चित कृति ‘तीन घुम्ती’ मा आधारित सोही नामको नाटकको मञ्चन तयारी समेत गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले अर्थसम्बन्धी विभिन्न कानुन संशोधन र खारेज गर्दै, कुन–कुन ऐनमा कस्तो संशोधन ?
-
मनसुनजन्य रोगको रोकथामका लागि ‘प्रतिकार्य अभियान’
-
उपचारका क्रममा प्रहरी जवानको मृत्यु
-
बाँझो जग्गा सदुपयोग गर्न माडीमा ‘भूमि बैंक’ अवधारणा
-
म्याग्दीवासीलाई पोखरामै पुगेर प्रशासनिक सेवा
-
सुदूरपश्चिम सरकारको बजेटबारे सत्ता साझेदार दलमा विवाद कायमै, एमालेलाई मुख्यमन्त्रीको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण