पाकिस्तानद्वारा अमेरिका र इरानलाई संयमता अपनाउन आग्रह
पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इसहाक दारले अमेरिका र इरानलाई संयमता अपनाउँदै तनाव घटाउने दिशामा अघि बढ्न आग्रह गरेका छन् । पाकिस्तानी विदेश मन्त्रालयका अनुसार, उक्त आग्रह जुन २०२६ मा भएको ‘इस्लामाबाद समझदारीपत्र’ (एमओयू) मा गरिएको सहमतिअनुरूप रहेको छ ।
मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार, दारले आइतबार इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीसँग टेलिफोन वार्ता गर्दै पछिल्लो क्षेत्रीय अवस्थाबारे छलफल गरेका थिए ।
वार्ताका क्रममा दारले विवाद समाधानका लागि संवाद र कूटनीति नै सबैभन्दा उपयुक्त माध्यम भएको उल्लेख गर्दै क्षेत्रीय शान्ति र स्थिरता कायम गर्न सबै पक्षले संयमता अपनाउनुपर्नेमा जोड दिए ।
उनले क्षेत्रीय शान्ति प्रवद्र्धन र स्थायित्व कायम गर्न रचनात्मक भूमिका निर्वाह गर्न पाकिस्तान प्रतिबद्ध रहेको दोहो¥याउनुभएको मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको क्वाटरफाइनलमा अर्जेन्टिनी खेलाडीले किन लगाए कालो पट्टी ?
-
इन्डोर सेलिब्रेटी क्रिकेट लिग हुँदै
-
गणेश नेपालीको परिवारलाई एक लाख रुपैयाँ आर्थिक सहयोग
-
सरकारले अर्थसम्बन्धी विभिन्न कानुन संशोधन र खारेज गर्दै, कुन–कुन ऐनमा कस्तो संशोधन ?
-
मनसुनजन्य रोगको रोकथामका लागि ‘प्रतिकार्य अभियान’
-
उपचारका क्रममा प्रहरी जवानको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण