रौतहट प्रहरीद्वारा एकै दिन ९ जना फरार प्रतिवादी पक्राउ
सारांश
- जिल्ला प्रहरी कार्यालय रौतहटले फरार प्रतिवादी पक्राउ विशेष अभियान अन्तर्गत एकै दिनमा ९ जना प्रतिवादी पक्राउ गरेको छ।
- विभिन्न मुद्दामा सजाय तोकिएका र लामो समयदेखि लुकिछिपी बस्दै आएका प्रतिवादीहरूलाई जिल्ला प्रहरी तथा मातहतका युनिटहरूले विभिन्न स्थानबाट पक्राउ गरेको हो।
- चेक अनादर मुद्दामा ५ जना र चोरी तथा डाँका मुद्दामा ४ जना प्रतिवादी पक्राउ परेका छन्, जसलाई अदालतले तोकेको कैद र जरिवाना असुलका लागि जिल्ला अदालतमा उपस्थित गराइएको छ।
रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटद्वारा सञ्चालित फरार प्रतिवादी पक्राउ विशेष अभियान अन्तर्गत एकै दिनमा ९ जना प्रतिवादी पक्राउ परेका छन्।
विभिन्न मुद्दामा जिल्ला अदालत रौतहटले दण्ड सजाय तोकिएर पनि लामो समय देखि लुकिछिपी बस्दै आएका उनीहरूलाई मंगलवार जिल्ला प्रहरी तथा मातहतमा युनिटहरुले जिल्लाको विभिन्न स्थानबाट पक्राउ गरी कारबाहीको दायरामा ल्याएको हो।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी बसन्त गौतमका अनुसार पक्राउ पर्नेहरूमा चेक अनादर मुद्दामा विषुन्द्र साह,विवेक मणि यादव,विकास कुमार, आशनारायण साह,रतेश कुमार मिश्र, रहेका छन्। त्यस्तै चोरी तथा डाँका मुद्दामा लक्ष्मी प्रसाद चौधरी, लक्ष्मी प्रसाद चौधरी, लक्ष्मी प्रसाद चौधरी, लक्ष्मी प्रसाद चौधरी, रहेका छन्।
अदालतले तोकेको २ वर्ष कैद भुक्तान र २७, हजार जरिवाना असुल को लागी मंगलवार नै जिल्ला अदालत रौतहटमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनेरास्ववियु अध्यक्ष धामीलगायतका नेता पक्राउ
-
कर्णालीमा कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा
-
रौतहटमा युवकद्वारा आत्मदाह प्रयास, कीर्तिपुर रिफर
-
विज्ञापन बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान, साउन ८ गतेसम्म आवेदन दिन सकिने
-
ट्रम्पद्वारा इरानको बन्दरगाहमा नाकाबन्दी, अर्को साता विद्युत गृह र पुलहरूमा आक्रमण गर्ने चेतावनी
-
कर्णालीमा कांग्रेसका मन्त्रीहरूले राजीनामा दिन लागेका हुन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण