संसद् बैठक
व्यक्तिले होइन, विधिले देश बनाउने हो : सांसद सङ्ग्रौला
बुधबार, ३१ असार २०८३, १३ : ५९
सारांश
- श्रम संस्कृति पार्टीका सांसद अम्बिकादेवी सङ्ग्रौलाले सरकार विधि र पद्धतिभन्दा बाहिर गए दुर्घटनामा पर्न सक्ने बताएकी छन् ।
- उनले प्रधानमन्त्रीले नै नियम तोडेपछि आम नागरिकले नियम पालना गर्ने आशा गर्न नसकिने धारणा व्यक्त गरिन् ।
- सांसद सङ्ग्रौलाले व्यक्ति होइन, विधिले देश बनाउने हो भन्ने कुरामा जोड दिइन् ।
काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद अम्बिकादेवी सङ्ग्रौलाले बालेन नेतृत्वको सरकार एक्सप्रेस वे मा हिँडेको गाडी जस्तो भएको भन्दा राम्रो सुनिए पनि त्यही गाडी दुर्घटना हुँदा राम्रो नसुनिने बताएकी छन् ।
बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सङ्ग्रौलाले सरकार विधि र पद्धतिभन्दा बाहिर जान लागेकोतर्फ सङ्केत गर्दै त्यो नरोकिए दुर्घटना पर्न सक्ने बताएकी हुन् ।
‘विधिको शासनको मूल आधार सबैमा लागू हुनुपर्छ । प्रधानमन्त्रीले नै नियम तोडेपछि आम नागरिकबाट नियम पालनाको आस गरेर हुँदैन’, सङ्ग्रौलाले भनिन्– ‘हिजो पनि माननीय खुस्वु अोली बोलिरहँदा प्रधानमन्त्रीले नियमावली उल्लङ्घन गर्नुभएको छ । व्यक्ति होइन, विधिले देश बनाउने हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियसभाको बैठक : सांसदहरु बाेल्दै
-
अन्तरिक्षमा पहिलोपटक भेटियो प्राकृतिक चिनी
-
मानसिक स्वास्थ्य सङ्कट समाधान गर्न ‘मानसिक स्वास्थ्य काउन्सिल’ गठन गर्न माग
-
नेपाल एसीसी महिला यू–१९ प्रिमियर कपको सेमिफाइनलमा
-
दीपक धामी लगायतलाई विनाशर्त रिहाइ गर्न युवा सङ्घको माग
-
लुम्बिनीमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण