साउन १५ सम्म उठेको ब्याजलाई बैंकहरुले आम्दानीमा देखाउन पाउने
बिहीबार, ३२ असार २०८३, ०८ : २९
सारांश
- बैंक तथा वित्तीय संस्थाले साउन १५ सम्म उठेको ब्याजलाई यो वर्षको आम्दानीमा देखाउन पाउने भएका छन् ।
- नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको लेखापालनमा विशेष व्यवस्था गर्दै यो छुट दिएको हो ।
- यसअघिको व्यवस्थामा आर्थिक वर्षभित्र प्राप्त भएको ब्याज मात्र आम्दानीमा देखाउन पाइने व्यवस्था थियो ।
काठमाडौं । बैंक तथा वित्तीय संस्थाले साउन १५ सम्म उठेको ब्याजलाई बैंकहरुले यो वर्षको आम्दानीमा देखाउन पाउने भएका छन् ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको लेखापालनको सम्बन्धमा विशेष् व्यवस्था गर्दै यो छुट दिएको हो ।
बुधबार जारी गरिएको नेपाल राष्ट्र बैंकको निर्देशनमा आर्थिक वर्ष सकिएको १५ दिनभित्र प्राप्त भएको ब्याज रकम बाहेकका अन्य प्राप्त हुन बाँकी ब्याज आम्दानी बराबरको नियमनकारी कोषमा जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ ।
यसअघि आर्थिक वर्षभित्र प्राप्त भएको रकम बाहेक अरुलाई यस्तो कोषमा जम्मा गर्नुपर्ने व्यवस्था रहेको थियो ।
असार मसान्तसम्मको आम्दानी नियमित आम्दानी मान्नसक्ने व्यवस्थाले बैंकहरुको लाभांश क्षमतामा असर पर्ने अनुमान गरिएको थियो । राष्ट्र बैंकको यो निर्देशनपछि बैंकहरु अर्को १५ दिन ब्याज उठाउन कसरत गर्न पाउने भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कञ्चनपुरमा श्रीमान्काे कुटपिटबाट श्रीमतीको मृत्यु
-
कैलालीमा नदीमा एक जना मृत अवस्थामा फेला
-
इरानलाई ‘राम्रो आचरण देखाउन’ ट्रम्पको चेतावनी
-
३५ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
-
पोखरा, काठमाडौँ र ओखलढुङ्गामा वर्षाको सम्भावना सबैभन्दा बढी
-
केन्द्रले छाप्यो २६ लाख लाइसेन्स, सकियो चार वर्ष यताको ‘ब्याकलग’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण