साउन सुरु भएसँगै इन्द्रचोकको पोते बजारमा चहलपहल, तस्बिरहरू
सारांश
- साउन महिना सुरु भएसँगै काठमाडौँको इन्द्रचोकमा रहेको पोते बजारमा चहलपहल निकै बढेको छ ।
- महिलाहरू हरिया र पहेँला चुरा तथा पोतेको किनमेल गर्न इन्द्रचोक र असन क्षेत्रका पसलहरूमा पुग्न थालेका छन् ।
- साउन महिनामा प्रकृति हरियाली हुने र हरियो पहिरन तथा चुरापोते लगाउँदा सुख, शान्ति र सौभाग्य प्राप्ति हुने विश्वास छ ।
काठमाडौँ । साउन महिना सुरु भएसँगै काठमाडौँको इन्द्रचोकमा रहेको पोते बजारमा चहलपहल निकै बढ्न थालेको छ । वर्षकै पवित्र महिना मानिने साउनमा विशेष गरी महिलाहरू हरिया र पहेँला चुरा तथा पोतेको किनमेल गर्न इन्द्रचोक र असन क्षेत्रका पसलहरूमा पुग्न थालेका छन् ।
हिन्दु धार्मिक विश्वासअनुसार साउन महिना भगवान् शिवको आराधना गर्ने विशेष समय हो । यस महिनाभरि महिलाहरूले हरियो, रातो र पहेँलो पोते तथा चुरा लगाउने गर्छन् । साउन महिनामा प्रकृति पनि हरियाली हुने र यस समयमा हरियो पहिरन तथा चुरापोते लगाउँदा सुख, शान्ति र सौभाग्य प्राप्ति हुने विश्वास रहिआएको छ ।
पछिल्लो समय यो संस्कृति केवल हिन्दु महिलाहरूमा मात्र सीमित छैन । अन्य धर्म र समुदायका महिला तथा युवतीहरूले पनि साउन महिनामा फेसन र रहरका रूपमा हरियो चुरापोते लगाउने तथा हातमा मेहेन्दी लगाउने गरेको पाइन्छ ।

हिन्दु धर्ममा विवाह र सौभाग्यको प्रतीकका रूपमा लिइने पोतेको इतिहास भने निकै रोचक छ । सौभाग्यको सूचक मानिने यो पोते वास्तवमा प्राचीन इरानी गहना हो । नेपालमा भित्रिएपछि यसले नेपाली संस्कृति र परम्परामा अभिन्न स्थान बनाएको छ ।

पोते र चुराको व्यापार वर्षैभरि एकनासको हुँदैन । यो मुख्य गरी मौसमी व्यापार हो । साउन महिना, तिज र विवाहको लगन भएका महिनाहरूमा मात्र असन र इन्द्रचोकका गल्लीहरूमा ग्राहकको अत्यधिक भीड लाग्ने गर्छ । बाँकी समयमा भने यहाँको व्यापार सामान्य रहने गर्छ ।











तस्बिर : आभास रञ्जित / नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रत्येक १० मिनेटमा ध्रुवे हात्तीको गतिविधि निगरानी
-
सीको आह्वान : एआईमा एक देशको प्रभुत्व नहोस्
-
वनलाई उद्योग र अर्थतन्त्रसँग जोड्न माग
-
आफ्नै रेकर्ड तोड्दै नेपाल लाइफद्वारा १३ अर्बभन्दा बढी प्रथम बीमा शुल्क आर्जन
-
गत आर्थिक वर्षमा ८० प्रतिशत बजेट खर्च
-
मालवाहक जहाजका लागि होर्मुज जलमार्ग खुला छ : ह्वाइट हाउस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण