एभरेस्ट अस्पताल र डा.ज्योत्सनाले ३९ लाख क्षतिपूर्ति दिनुपर्ने उपभोक्ता अदालतको फैसला
सारांश
- उपभोक्ता अदालतले प्रसूतिको क्रममा मनिता शर्माको मृत्यु प्रकरणमा एभरेस्ट अस्पताल र डा. ज्योत्सना शर्मा तिवारीलाई ३९ लाख रुपैयाँ क्षतिपूर्ति दिन आदेश दिएको छ ।
- अस्पतालबाट ३० लाख र डा. तिवारीबाट ९ लाख रुपैयाँ क्षतिपूर्ति भराउन अदालतले आदेश दिएको छ ।
- मृतक मनिताका श्रीमान् सुवास पराजुलीले चिकित्सक र अस्पतालको लापरबाहीले श्रीमतीको मृत्यु भएको दाबी गर्दै मुद्दा दायर गरेका थिए ।
काठमाडौँ । प्रसूतिको क्रममा काठमाडौँ गोठाटारकी मनिता शर्माको मृत्यु भएको घटनामा उपभोक्ता अदालतले अस्पताल र उपचारमा संलग्न चिकित्सकको लापरबाही ठहर गरेको छ । अदालतले बानेश्वरस्थित एभरेस्ट अस्पताल र स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.ज्योत्सना शर्मा तिवारीलाई पीडित परिवारलाई कुल ३९ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने फैसला गरेको हो ।
उपभोक्ता अदालतका सूचना अधिकारी होमनाथ कँडेलका अनुसार अदालतले एभरेस्ट अस्पतालबाट ३० लाख रुपैयाँ र डा. ज्योत्सना शर्मा तिवारीबाट ९ लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश जारी गरेको हो। श्रीमतीको मृत्यु चिकित्सक र अस्पतालको लापरबाहीका कारण भएको दाबी गर्दै मृतक मनिताका श्रीमान् सुवास पराजुलीले क्षतिपूर्तिको मागसहित अदालतमा मुद्दा दायर गरेका थिए ।
३४ हप्ताकी गर्भवती मनिताले गर्भावस्थाको अवधिभर काठमाडौँ मेडिकल कलेजमा कार्यरत डा.ज्योत्सना शर्मा तिवारीसँग नियमित परीक्षण गराइरहेकी थिइन् । २०८१ मङ्सिर २५ गते पेटको माथिल्लो भाग दुखेर असहज भएपछि डा.शर्माकै सल्लाहमा मनिता उनी ‘पार्टटाइम’ कार्यरत एभरेस्ट अस्पताल पुगेकी थिइन् ।
२०८१ मङ्सिर २५ गते दिउँसो २ः १५ बजे अस्पताल पुगेकी मनितालाई तत्काल आकस्मिक कक्ष (इमर्जेन्सी) मा भर्ना गरिएको थियो । सोही दिन साँझ ४ः ३० बजे उनलाई सिजेरियन शल्यक्रियाका लागि अपरेसन थिएटर लगियो र ५ः १५ बजे उनले छोरीलाई जन्म दिइन् । तर, त्यसलगत्तै मनिताको मृत्यु हुन पुग्यो । चिकित्सकले लापरबाही गरेका कारण आफ्नो श्रीमतीको मृत्यु भएको भन्दै मृतक शर्माका श्रीमान् सुवास पराजुलीले उपभोक्ता अदालतमा मुद्दा दायर गरेका थिए ।
फैसलाअनुसार मनिता गर्भावस्थाको अवधिभर एभरेस्ट अस्पतालमा कार्यरत डा. ज्योत्सना शर्मा तिवारीको नियमित निगरानीमा उपचार गराइरहेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा उच्च सुधार, बोर्डको मार्गचित्र र अर्थमन्त्रीको विज्ञप्तिले उचाल्यो सूचक
-
महिलाको संवैधानिक अधिकार र कार्यान्वयनको प्रश्न
-
उपधारा ५ को सरकार ढले प्रदेशसभा विघटन हुन सक्छ : मुख्यमन्त्री कार्की
-
रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दल, राजनीतिक अस्थिरतातिर प्रदेशहरु
-
संसारकै सबैभन्दा जटिल घडी, १० मिलियन डलरभन्दा बढी मूल्य पर्ने अनुमान
-
स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सहजीकरण गर्छाैँ : प्रधानमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण