दुर्गा प्रसाईंको कार्यक्रममा दुई महिलाले आत्महत्या गर्छु भनेपछि....
सारांश
- मेडिकल व्यवसायी दुर्गा प्रसाईंको कार्यक्रममा दुई महिलाले आत्महत्याको प्रयास गरेका छन् ।
- कार्यक्रममा प्रसाईंले देश भूराजनीतिको चपेटामा परेको र आगामी दसैँमा विदेशी सेना आउने बताएका थिए ।
- उनले देशको दयनीय आर्थिक अवस्थाका कारण सिंहदरबार र बालुवाटार अगाडी ५० जनाले आत्महत्या गर्नुपर्ने अवस्था आउन सक्ने बताए ।
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको कार्यक्रममा दुई जना महिलाले आत्महत्याको प्रयास गरेका छन् । शुक्रबार अपराह्न काठमाडौँको एभरेस्ट होटलमा सम्पादकहरूसँगको अन्तरक्रिया कार्यक्रममा प्रसाईं बोल्दाबोल्दै ती महिलाहरूले हामीलाई बताउनुस् नत्र आत्महत्या गर्छु भन्दै चिच्याएका हुन् ।
महिला चिच्याउँदै रुँदै मञ्चतर्फ बढेपछि आयोजकले उनीहरूलाई सम्हालेका थिए । त्यसअघि प्रसाईंले देश भूराजनीतिको चपेटामा परेको भन्दै आगामी दसैँका बेला नेपालमा विदेशी सेना आउने बताएका थिए ।आत्महत्याको प्रयास गर्ने महिलाहरुमा हेटौँडाकी शान्तिकुमारी कार्की र काठमाडौँकी सरिता कार्की रहेको बताइएको छ ।
‘अब लगभग लगभग दसैँ छेकोमा विदेशी सेना उत्रिन्छन्’, उनले भने, ‘दलाई लामाले पनि त्यही विदेशी सेनालाई प्रोटेस्ट गर्छन् ।’
प्रसाईंले देशको आर्थिक स्थिति अत्यन्त दयनीय अवस्थामा पुगेको तथा देश धेरै अप्ठेरो अवस्थामा पुगेको भन्दै सिंहदरबार र बालुवाटार अगाडी एकै दिन ५० जनाले आत्महत्या गर्नुपर्ने अवस्था आउन सक्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत पाटनको कार्यसम्पादन : लक्ष्यभन्दा बढी मुद्दा फर्छ्योट, २ वर्ष नाघेका मुद्दा शून्य
-
अमेरिकामा पाकिस्तानको नयाँ कूटनीतिक पहल
-
नेपाल टेलिकमको सिम हरायो वा बिग्रियो ? अब यसरी घरमै बसेर अनलाइन फारम भर्नुहोस्
-
सरकार र केन्द्रीय बैंकबिच टकराब : राष्ट्र बैंक ऐन संशोधनको औचित्यमाथि नै प्रश्न
-
चोटग्रस्त फुटबलर आशिष राईको उपचारमा १७ महिनामा के–के भयो ? एन्फाले सार्वजनिक गर्यो विवरण
-
दुर्गा प्रसाईंको कार्यक्रममा दुई महिलाले आत्महत्या गर्छु भनेपछि....
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण