शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ

शुक्रबार, ०१ साउन २०८३, २२ : ४०
शुक्रबार, ०१ साउन २०८३

सारांश

  • सार्वजनिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
  • उनीहरूले देउरालीबाट पोखरातर्फ आइरहेको बसमा सवार एक महिलाको ब्याग चोरी गरेका थिए ।
  • पक्राउ परेकाहरुलाई चोरी तथा डाँकासम्बन्धी कसुरमा ६ दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

काठमाडौँ । सार्वजनिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार कास्कीको रुपा गाउँपालिका ५ देउरालीबाट पोखरातर्फ आउँदै गरेको बसमा सवार महिलाको ब्याग (लेडिज पर्स) चोरी गरेको आरोपमा ३ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा रौतहटको चन्द्रपुर नगरपालिका १५ बस्ने गुरुप्रसाद बजगाईं, सोही नगरपालिका ८ घर भई पोखरा महानगरपालिका ६ बस्ने रविन खड्का, झापाको कन्काई नगरपालिका ८ घर भई पोखरा बस्ने टेकबहादुर भुजेल रहेका छन् ।

उनीहरूले देउरालीबाट पोखरातर्फ आइरहेको ग २ ख १३७२ नम्बरको बसमा सवार स्याङ्जा पुतलीबजार नगरपालिका १३ की अनिता श्रेष्ठको ब्याग चोरी गरेको प्रहरीको भनाइ छ । उनीहरूले चोरी गरेको ब्यागमा १ थान हार, २ थान चाँदीको औँठी रहेको प्रहरीले जानकारी दिएको छ । 

पक्राउ परेका उनीहरुलाई चोरी तथा डाँकासम्बन्धी कसुरमा ६ दिन म्याद थप गरी अनुसन्धान भइरहेका जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप