अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
सारांश
- अमेरिका र इरानबीच शुक्रबार पनि ड्रोन र मिसाइल आक्रमण जारी रह्यो।
- इरानले खाडी क्षेत्रमा अमेरिकी सम्पत्तिमाथि लक्षित आक्रमणको घोषणा गरेको छ।
- यो दुई देशबीचको युद्धविराम भङ्गपछि सबैभन्दा ठूलो तनाव हो।
काठमाडौँ । अमेरिका र इरानबिच शुक्रबार पनि ड्रोन तथा मिसाइल आक्रमण जारी छ ।
तेहरानले खाडी क्षेत्रभरि अमेरिकी सम्पत्तिहरूलाई लक्षित गरेको घोषणा गरेको छ । यो दुई देशबिचको युद्धविराम भङ्ग भई युद्धमा फर्किएपछि भएको सबैभन्दा ठुलो तनाव हो ।
दुई पक्षबिच द्वन्द्व अन्त्य गर्न समझदारी भएको एक महिनापछि अमेरिकी सेनाले इरानी विमानस्थल, रेलवे स्टेसन र दुई वटा पुलसहित नागरिक पूर्वाधारमा आक्रमण गरेको आरोप इरानले लगाएको छ ।
इरानी सञ्चारमाध्यमका अनुसार आक्रमणबाट क्ष्रानतर्फ कम्तीमा आठ जनाको मृत्यु भएको र २० जना घाइते भएका छन् ।
यो घटनाले इरानी पूर्वाधारमा केन्द्रित अमेरिकी आक्रमणको विस्तारको सङ्केत गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमणबारे पहिले नै चेतावनी दिइसक्नुभएको थियो । पछिल्लो आक्रमणबारे अमेरिकी अधिकारीहरूबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन ।
यो युद्ध फेब्रुअरी २८ मा अमेरिका–इजरायलको व्यापक संयुक्त आक्रमणबाट सुरु भएको थियो। इरानले जवाफमा हर्मुज जलडमरूमध्यलाई प्रभावकारी रूपमा बन्द गरेको थियो र इजरायल तथा खाडी क्षेत्रमा अमेरिकी हितमा आक्रमण गरेको थियो ।
तनाव बढ्दै जाँदा ‘इरानी रिभोलुसनरी गाड्र्सको एयरोस्पेस फोर्स’का कमान्डर माजिद मुसावीले भने, “जबसम्म अमेरिकाले दक्षिणी तटीय सुविधा र जलडमरूमध्य वरपरको आफ्नो अभियान रोक्दैन इरानबाट शत्रुमाथि प्रभावकारी र लक्षित आक्रमणहरू जारी रहनेछन् ।”
इरानको ऊर्जा मन्त्रालयले ऊर्जा सुविधामा अमेरिकी आक्रमणका कारण विद्युत् ग्रिड प्रभावित भएको बताउँदै केही क्षेत्रमा तापक्रम अत्यधिक बढिरहेको बेला पनि नागरिकहरूलाई विद्युत् खपत घटाउन र अत्यधिक विद्युत्को खपत हुने समयमा एयर कन्डिसनर बन्द राख्न आह्वान गरेको छ ।
इरानी सेनाले आफ्नो देशमा कुनै आक्रमण भएमा खाडी क्षेत्रभरिका अमेरिकी पूर्वाधारहरूलाई लक्षित गर्ने चेतावनी दिएको थियो र शुक्रबार ठुलो स्तरको आक्रमण गरेको छ । यो आक्रमण गत महिना अमेरिकासँग युद्ध रोक्ने समझदारी भएयता दुवैतर्फबाट भएको सबैभन्दा भीषण हवाई आक्रमण हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण