ईम्पेरियल इन्जिनियरिङ कलेजको नेतृत्वमा इन्जिनियरिङ काउन्सिलका पूर्व रजिष्ट्रार नियुक्त
सारांश
- भक्तपुरको ताथली स्थित ईम्पेरियल इन्जिनियरिङ कलेजको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा ई.डा खेमराज जोशी नियुक्त भएका छन्।
- कलेजले प्रयोगशाला, पूर्वाधार र शिक्षण पद्धतिमा सुधार ल्याउने क्रममा नेपाल इन्जिनियरिङ काउन्सिलका पूर्व रजिष्ट्रार डा. जोशीलाई नियुक्त गरेको हो।
- नयाँ सत्रदेखि कलेजले प्रयोगशालामा डिजिटल ट्विन टेक्नोलोजी जस्ता प्रविधि थप गर्ने र पूर्वाधारमा लगानी गर्ने योजना बनाएको छ।
काठमाडौँ । भक्तपुरको ताथली स्थित इन्जिनियरिङ कलेजको सीइओमा ई.डा खेमराज जोशी नियुक्त भएका छन् ।
साँढे दुई दशक देखी विविध विधाका इन्जिनियर उत्पादन गर्दै आएको कलेजले, कलेजका प्रयोगशाला , पूर्वाधार र शिक्षण पद्धतिमै व्यापक सुधार र हेरफेर गरिरहेको सन्दर्भमा उच्च प्राज्ञिक टिम निर्माणकै सिलसिलामा नेपाल इन्जिनियरिङ काउन्सिलका पूर्व रजिष्ट्रार डा जोशी नियुक्त गरेको हो ।
पूर्वाञ्चल विश्वविद्यालय अन्तरगतको हिष्ट कलेज सहित हाइड्रोपावर र अन्य महत्वपूर्ण पूर्वाधारहरुको निर्माण र सहित प्राध्यापनमा डा जोशीको उलेख्य अनुभव रहेको छ ।
नयाँ सत्रदेखि कलेजका प्रयोगशालालाई Digital Twin Technology लगायतका पछिल्ला प्रबिधिगत सुबिधाहरुलाई अतिरिक्त शिक्षणका रुपमा बिध्यार्धिहरुलाई उपलब्ध गराउने उद्देश्यले प्रयोगशाला र खेलकुदका पूर्वाधारमा समेत भारी लगानीको योजना कलेजले बनाएको कलेजका प्रिन्सिपल ई.दीपेन्द्र जम्कट्टेलले जानकारी दिए ।
त्रिवि अन्तरगतका सिभिल ९६ , कम्यूटर -४८ र इलोक्ट्रोनिक्स ईन्निनियरिङ मा ४८ भर्ना सिटमा त्रिवि क्यालेन्डर अनुसार कलेजले भर्ना लिने ई जम्कट्टेलले बताए ।
पछिल्लो दुई वर्ष कलेजले नयाँ प्रविधिलाई आत्मसाथ गर्दै प्रयोगशालाहरू थप गर्नुका साथै गुणस्तरीय र अनुभवी Teaching Faculty निर्माण गर्दै कलेजको नाम सहित व्यस्थापकीय नेतृत्वमा व्यापक हेरफेर गरिरहेको विभागीय प्रमुख इं रुपेश यादवले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सोफा हबको 'कन्टेन्ट क्रिएटर अवार्ड २०८३' मा चापागाईंले जिते १ लाख पुरस्कार
-
रसुवाको टिमुरेमा बन्दरगाह निर्माण कार्य अलपत्र (तस्बिरहरू)
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण