सोफा हबको 'कन्टेन्ट क्रिएटर अवार्ड २०८३' मा चापागाईंले जिते १ लाख पुरस्कार
सारांश
- अनिश चापागाईंले 'सोफा हब काठमाडौं'ले आयोजना गरेको 'कन्टेन्ट क्रिएटर अवार्ड २०८३' को उपाधि १ लाख रुपैयाँ नगद पुरस्कारसहित जितेका छन्।
- प्रतिस्पर्धामा सहभागी ३२ जना सर्टलिस्टेड क्रिएटरहरूमध्येबाट 'टिम ४४४' दोस्रो र सागर पाण्डे र श्रीजन श्रेष्ठ तेस्रो भएका छन्।
- कार्यक्रममा पत्रकार राजकुमार सिग्देललाई 'उत्कृष्ट पत्रकारिता सम्मान २०८३' बाट सम्मानित गरियो र सोफा हबले नेपाली बजारमा आयातित फर्निचरलाई प्रतिस्थापन गर्न भूमिका खेलेको बताइएको छ।
काठमाडौं । 'सोफा हब काठमाडौं'ले आयोजना गरेको 'कन्टेन्ट क्रिएटर अवार्ड २०८३' को उपाधि अनिश चापागाईँले जितेका छन्। शुक्रबार साँझ भक्तपुरमा आयोजित समारोहका बीच चापागाईँलाई १ लाख रुपैयाँ नगद पुरस्कारसहित अवार्ड प्रदान गरियो ।
प्रतिस्पर्धामा सहभागी ३२ जना सर्टलिस्टेड क्रिएटरहरूमध्येबाट 'टिम ४४४' दोस्रो हुँदै ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्न सफल भयो। त्यसैगरी, सागर पाण्डे र श्रीजन श्रेष्ठले तेस्रो स्थान हासिल गर्दै जनही २५ हजार रुपैयाँ पुरस्कार र प्रमाणपत्र प्राप्त गरे।
चर्चित कलाकार सन्दीप क्षेत्री र भिडियो मेकर सम्राट अधिकारी सम्मिलित निर्णायक मण्डलले भिडियोको गुणस्तर, सिर्जनशीलता र ब्राण्ड प्रस्तुतिको आधारमा विजेता घोषणा गरेको हो। सो अवसरमा कलाकार क्षेत्रीले युवाहरूलाई कडा परिश्रम र सही प्रक्रियामा विश्वास गर्न आग्रह गरे।
चर्चित फर्निचर ब्रान्ड सोफा हब छैटौँ वर्ष प्रवेशको अवसरमा आयोजित उक्त अवार्ड समारोहमा पत्रकारिताको माध्यमबाट समाजमा पुर्याएको योगदानको कदर गर्दै 'रातोपाटी डटकम'का सहायक सम्पादक राजकुमार सिग्देललाई 'उत्कृष्ट पत्रकारिता सम्मान २०८३' बाट सम्मानित गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि एवं नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले सोफा हबले नेपाली बजारमा आयातित फर्निचरलाई प्रतिस्थापन गर्न महत्वपूर्ण भूमिका खेलिरहेको बताए ।
कार्यक्रममा आमा छोदिङ्मो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङ, कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९ का अध्यक्ष अनिल थापा, नेपाल उद्योग वाणिज्य संघ काठमाडौँ महासचिव प्रेमहरि मैनाली, रास्वपाका केन्द्रीय सदस्य हिमेश पन्त, पर्यटन व्यवसायी रामप्रसाद सापकोटालगायतको समेत सहभागिता रहेको थियो ।
समारोहलाई मनोरञ्जनात्मक बनाउन गायिका सिर्जना खत्री (हाउडे माया), रेखा पोखरेललगायत सांगीतिक प्रस्तुति दिएका थिए । 'नेपाली श्रम र सीपको सम्मान' भन्ने उद्देश्यका साथ अघि बढेको सोफा हबले आगामी दिनमा अन्तर्राष्ट्रिय बजारसम्म पुग्ने लक्ष्य राखेको कम्पनीका संस्थापक तारालाल धरेलले जानकारी दिए ।
उनले सोफा हबको हाल ११ वटा शाखा रहेको भन्दै छिट्टै जनकपुरमा १२ औँ शाखा उद्घाटनको तयारीमा रहेको बताए । सोफा हबले हाल ३०० भन्दा बढीलाई प्रत्यक्ष रोजगारी प्रदान गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
-
वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
-
सिन्धुलीगढी, युद्धसङ्ग्रहालय र कृष्णविक्रम थापा
-
उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
-
विश्वकप इतिहासमै पहिलो पटक विजेता टोलीलाई ‘च्याम्पियन औँठी’, फाइनल हेर्न डोनाल्ड ट्रम्प आउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण