आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय
अपडेट

गण्डकीका ८ जिल्लामा रात्रिकालीन यातायात बन्द गरिने

शनिबार, ०२ साउन २०८३, २१ : ४०
शनिबार, ०२ साउन २०८३

कास्की । गण्डकी  प्रदेशका आठ जिल्लामा रात्रिकालीन यातायात सेवा बन्द गरिने भएको छ ।  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा आज जारी सूचनामा गण्डकीका कास्की, गोरखा, लमजुङ, स्याङ्जा, तनहुँ, बागलुङ, पर्वत, म्याग्दीमा रातिको समयमा सवारी आवागमनमा रोक लगाइने उल्लेख छ ।

जल तथा मौसम विज्ञान विभागले आज र आइतबार गण्डकी प्रदेशका पहाडी भू–भागमा अति भारी वर्षा हुनसक्ने पूर्वानुमान गरेसँगै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यसबारे आवश्यक निर्णय गरेको थियो ।

प्राधिकरणले उक्त अवधिमा जरुरी अत्यावश्यकबाहेक घरबाट टाढा नजान र रातिको समयमा यात्रा नगर्न अनुरोध गरेको छ । जुनसुकै बेला बाढीपहिरोलगायत विपद्का घटना हुनसक्ने हुँदा उच्च सतकर्ता अपनाउन र विपद् पूर्वतयारीमा जुट्न सम्बद्ध पक्षलाई अनुरोध गरिएको छ ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले आज र आइतबार कास्कीबाट छुट्ने र जिल्ला हुँदै अन्यत्र जाने रात्रिकालीन यातायात सेवा पूर्णरूपमा बन्द गरिने जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप