फिफा विश्वकप २०२६
बुकायो साका चम्किएपछि पहिलो हाफमै इङ्गल्याण्डको तेस्रो गोल
आइतबार, ०३ साउन २०८३, ०३ : २३
सारांश
- मियामीमा जारी फिफा विश्वकप २०२६ को तेस्रो स्थानका लागि भइरहेको प्रतिस्पर्धामा इङ्गल्याण्डले फ्रान्सविरुद्ध आफ्नो अग्रतालाई तेस्रो गोलले फराकिलो बनाएको छ।
- खेलको ३७ औँ मिनेटमा गोल गर्दै इङ्गल्याण्डले फ्रान्सविरुद्ध ३-० को विशाल अग्रता लिएको हो।
काठमाडाैँ । मियामीमा जारी फिफा विश्वकप २०२६ को तेस्रो स्थान (कांस्य पदक) का लागि भइरहेको प्रतिस्पर्धामा इङ्गल्याण्डले फ्रान्सविरुद्ध आफ्नो अग्रतालाई निकै फराकिलो बनाउँदै तेस्रो गोल थपेको छ । खेलको ३७ औँ मिनेटमा गोल गर्दै इङ्गल्याण्डले ३–० को विशाल अग्रता लिएको हो ।
इङ्गल्याण्डका जर्सी नम्बर ७ का स्ट्राइकर बुकायो साकाले खेलको ३७ औँ मिनेटमा उत्कृष्ट गोल गर्दै टोलीलाई तेस्रो सफलता दिलाएका हुन् ।
यसअघि खेलको तेस्रो मिनेटमा डिक्लान राइस र १८ औँ मिनेटमा एज्री कोन्साले गोल गरिसकेको अवस्थामा साकाको यो गोलसँगै पहिलो हाफ नसकिँदै इङ्गल्याण्डले खेलमा आफ्नो पूर्ण वर्चस्व कायम गरेको छ । फ्रान्सेली टोली पहिलो हाफमै तीन गोलले पछि परेपछि मैदानमा निकै कठिन दबाबमा देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्लाफाँटामा रास्वपाको ‘जनसंवाद यात्रा’
-
गोल्डेन बुटको रोमाञ्चक दौड : एमबाप्पे बने सर्वाधिक गोलकर्ता, मेसीलाई अझै अवसर
-
जोखिमको अवस्था हेरेर मात्रै सवारीसाधन चलाउन दिइने
-
आवश्यक परे निजी क्षेत्रसँग सहयोगको आग्रह गरिने
-
आज यी चार प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
बाढीको जोखिम बढे कोशी ब्यारेजका ढोका खोलिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण