आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय
फिफा विश्वकप २०२६

फ्रान्सविरुद्ध इङ्गल्याण्डको गोलवर्षा: ४५ औँ मिनेटमा साकाले व्यक्तिगत दोस्रो गोल

आइतबार, ०३ साउन २०८३, ०३ : ३३
आइतबार, ०३ साउन २०८३

सारांश

  • मियामीमा जारी फिफा विश्वकप २०२६ को तेस्रो स्थानको भिडन्तमा इङ्गल्याण्डले फ्रान्सविरुद्ध पहिलो हाफमै ४-० को विशाल अग्रता बनाएको छ।
  • खेलको ४५ औँ मिनेटमा बुकायो साकाले व्यक्तिगत दोस्रो गोल गरेका हुन्।
  • साकाको गोलसँगै इङ्गल्याण्डले फ्रान्सविरुद्ध चौथो सफलता हात पारेको छ।

काठमाडाैँ । मियामीमा जारी फिफा विश्वकप २०२६ को तेस्रो स्थान (कांस्य पदक) को भिडन्तमा इङ्गल्याण्डले फ्रान्सविरुद्ध गोलको वर्षा गर्दै पहिलो हाफमै ४–० को विशाल अग्रता बनाएको छ। खेलको ४५ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै बुकायो साकाले टोलीलाई चौथो सफलता दिलाएका हुन् ।

इङ्गल्याण्डका जर्सी नम्बर ७ का स्ट्राइकर बुकायो साकाले खेलको ४५ औँ मिनेटमा उत्कृष्ट प्रहार गर्दै टोलीको अग्रतालाई ४–० को सानदार स्थितिमा पुर्‍याए। साकाले यसअघि खेलको ३७ औँ मिनेटमा पनि व्यक्तिगत पहिलो तथा टोलीका लागि तेस्रो गोल गरेका थिए ।

खेलको तेस्रो मिनेटमा डिक्लान राइस र १८ औँ मिनेटमा एज्री कोन्साले गोल गरी सुरुवाती दबाब सिर्जना गरेको खेलमा साकाको दोस्रो गोलसँगै इङ्गल्याण्ड पहिलो हाफमै अत्यधिक मजबुत स्थितिमा पुगेको छ। फ्रान्सेली टोली पहिलो हाफको समाप्तिअघि नै ४ गोलले पछि परेपछि मैदानमा स्तब्ध बनेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप