'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
सारांश
- फिल्म 'एक्का तीन'मा कविता नेपाली मुख्य नायिकाको रूपमा अनुबन्धित भएकी छन् ।
- यस फिल्ममा यसअघि नायिका पूजा शर्मा र नायक पुष्प खड्का फाइनल भइसकेका छन् ।
- निर्देशक रुपेश तामाङका अनुसार यो एक्सन जनराको फिल्म हो र यसमा पूजा र कविताबीच कडा टक्कर हुनेछ ।
काठमाडौँ । फिल्म ‘एक्का तीन’मा कविता नेपाली मुख्य नायिकाको रूपमा देखिने भएकी छन् । निर्देशक रुपेश तामाङले आफ्नो नयाँ फिल्ममा उनलाई अनुबन्धित गरेका हुन् ।
यो फिल्ममा यसअघि नै नायिका पूजा शर्मा र नायक पुष्प खड्का फाइनल भइसकेका छन् । भदौबाट छायाङ्कनमा जाने यो फिल्मका लागि मुख्य तीन कलाकारहरूको लाइनअप पुरा भएको छ ।
कविता भित्रिएपछि निर्देशक तामाङले भने–‘यो एक्सन जनराको फिल्म हो । कविताजीको एक्सनलाई पनि दर्शकले रुचाएका छन् । यसैले अनुबन्धित गरेका हौँ ।’
फिल्ममा पूजा र कविताबिच कडा टक्कर हुने निर्देशक तामाङको भनाई छ । तीन पात्रको कथामा तयार हुन लागेको यो फिल्मलाई जुना फिल्मस् र अधिरा फिल्मस्को ब्यानरमा निर्माण गर्न लागिएको हो । फिल्मलाई सुमन गजमेरले लेखेका हुन् ।
कविताले यसअघि फिल्म ‘एक्लो’मा काम गरिसकेकी छिन् । जसमा रहेको उनको एक्सनलाई दर्शकले रुचाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उत्कृष्ट अभिनेता अभिनेत्री बन्दै दीपकराज र मिरूनाले जिते एक हजार डलर पुरस्कार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण