चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
सारांश
- चक्रपथ सुधार योजनाअन्तर्गत कलंकी–बसुन्धारा खण्डको निर्माण दसैँ–तिहारपछि सुरु हुने भएको छ ।
- मुख्य एक्सप्रेस–वे बाहिरको सर्भिस लेन निर्माण ८० प्रतिशत सकिएको छ भने मुख्य एक्सप्रेस–वेको अन्तिम डिजाइन पेस गर्ने चरणमा छ ।
- साइट क्लियरेन्समा ढिलाइ र कोभिड–१९ महामारीका कारण परियोजना ढिलाइ भए पनि चिनियाँ पक्षले तोकिएको समयमै निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ ।
काठमाडौँ । काठमाडौँ चक्रपथ सुधार योजनाअन्तर्गत ८.२ किलोमिटर दूरीको दोस्रो चरणको कलंकी–बसुन्धारा खण्ड निर्माण कार्य चाडपर्व (दसैँ–तिहार)लगत्तै सुरु हुने भएको छ । अन्तिम डिजाइन स्वीकृतिपछि चिनियाँ पक्षले चीनमै टेन्डर प्रक्रिया पूरा गरी निर्माण कार्य अघि बढाउने तयारी गरेको योजना प्रमुख आशिका पोखरेलले जानकारी दिइन् ।
उनकाअनुसार परियोजनाअन्तर्गत मुख्य एक्सप्रेस–वे बाहिरको सर्भिस लेन निर्माण नेपाली स्रोतबाट भइरहेको छ । उक्त कार्यको करिब ८० प्रतिशत प्रगति भइसकेको छ । केही स्थानमा कालोपत्रे गर्नमात्र बाँकी छ ।
_56T792YZbZ.jpg)
मुख्य एक्सप्रेस–वे निर्माणका लागि चिनियाँ पक्षले प्रारम्भिक डिजाइन (प्रिलिमिनरी डिजाइन) पेस गरिसकेको छ । त्यसमा नेपाल पक्षबाट आवश्यक सुझाव तथा टिप्पणी दिइसकिएको र हाल अन्तिम डिजाइन पेस गर्ने चरणमा रहेको उनले बताइन् । ‘यही मितिमा सुरु हुन्छ भन्ने छैन । मनसुन तथा चाडपर्वपछि कार्यान्वयनको चरणमा प्रवेश गर्छ भन्ने हाम्रो अपेक्षा छ,’ उनले भनिन् ।
चीनमा टेन्डर प्रक्रिया नेपालको तुलनामा छोटो हुने भएकाले निर्माण प्रक्रिया छिट्टै अघि बढ्ने उनले विश्वास व्यक्त गरिन् । साइट क्लियरेन्स गर्न समय लागेकाले परियोजना ढिलाइ भएको उनको जिकिर छ । घरटहरा, रुखविरुवा तथा अन्य संरचना हटाउने काम सम्पन्न नहुँदा चिनियाँ पक्ष निर्माणमा आउन नसकेको र त्यसैबीच कोभिड–१९ महामारीका कारण परियोजना करिब तीनदेखि चार वर्ष पछि धकेलिएको उनले बताइन् । पछिल्लो समय भने आवश्यक कागजी प्रक्रिया, पत्राचार, सर्वेक्षण तथा डिजाइनसम्बन्धी काम निरन्तर अघि बढिरहेको उनको भनाइ छ ।
_d0WNIDSReq.jpg)
परियोजनाको प्रारम्भिक अनुमानित लागत करिब १२ अर्ब रुपैयाँ थियो । तर, मुद्रास्फीति तथा डिजाइनमा गरिएको सुधारका कारण लागत पुनः अद्यावधिक भइरहेको छ । अन्तिम डिजाइनसँगै संशोधित लागत विवरण प्राप्त भएपछि मात्र यकिन लागत सार्वजनिक गर्न सकिने उनले बताइन् । दोस्रो चरणमा सम्भावित जटिलतालाई पहिल्यै पहिचान गरी समाधानको प्रयास भइरहेको उनको भनाइ छ । ‘पहिलो चरणको कार्यान्वयन गर्दा के–के जटिलता हुन्छ भनेर थाहा पायौँ । त्यसैले कमजोरीलाई सम्बोधन गर्न पहिल्यैदेखि व्यापक अध्ययन, प्राविधिक अभ्यास तथा पत्राचारको काम गरेका छौँ,’ पोखरेलले भनिन् ।
_UIYK9n6Us7.jpg)
उनकाअनुसार चिनियाँ पक्षले पनि तोकिएको समयमै निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ । निर्माणका कारण सर्वसाधारणले केही समय असुविधा व्यहोर्नुपर्ने भएकाले धैर्य गरिदिन उनले आग्रह गरिन् ।
_9ov403RGmJ.jpg)
_8wRSz2tXRd.jpg)
_GH6GJveEdf.jpg)
_urkTj6KaN0.jpg)
_lHgnnTqkI2.jpg)
_zxxuC537oT.jpg)
_dlzk2rjIMN.jpg)
_JPB8zCq5Q9.jpg)
_mtOP01VobD.jpg)
_P1KHMkCeDy.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण