बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ

बिहीबार, ०७ साउन २०८३, १२ : ३५
बिहीबार, ०७ साउन २०८३

सारांश

  • कानेपोखरीमा पैदल यात्रीलाई ठक्कर दिएर फरार रहेका गाडी र चालक प्रहरीले नियन्त्रणमा लिएको छ।
  • ठक्करबाट गम्भीर घाइते भएका ६० वर्षीय गोविन्द लिम्बूको उपचारका क्रममा मृत्यु भएपछि प्रहरीले सवारी ज्यान सम्बन्धी कसूरमा मुद्दा दर्ता गरेको थियो।
  • प्रहरीले सुनसरीको इटहरीबाट गाडी र चालक सिराहाका ४४ वर्षीय राम उद्गार मण्डललाई नियन्त्रणमा लिएको छ।

विराटनगर । मोरङको कानेपोखरीमा पैदल यात्रीलाई ठक्कर दिएर फरार रहेका गाडी र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।  जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार साउन ३ गते कानेपोखरी गाउँपालिका–७ स्थित पूर्व–पश्चिम राजमार्गमा पैदल यात्रीलाई ठक्कर दिएर फरार रहेको बा २ झ २२२६ नम्बरको इसुजु गाडी र त्यसका चालक पक्राउ परेका हुन्।

ठक्करबाट पथरीशनिश्चरे–१० त्रिवेणी चोक बस्ने ६० वर्षका गोविन्द लिम्बू गम्भीर घाइते भएका थिए । उपचारका क्रममा उनको मृत्यु भएपछि प्रहरीले सवारी ज्यान सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान तथा खोजतलास अघि बढाएको थियो ।

इलाका प्रहरी कार्यालय पथरी र ट्राफिक प्रहरीको संयुक्त टोलीले बुधबार राति करिब १० बजे सुनसरीको इटहरी उपमहानगरपालिका५ स्थित हेभी इक्विपमेन्ट सडक डिभिजन विभागको कार्यालयमा लुकाइछिपाइ राखिएको अवस्थामा गाडी फेला पारेको हो ।

गाडीसँगै त्यसका चालक सिराहाको सुखीपुर गाउँपालिका–८ बस्ने ४४ वर्षका राम उद्गार मण्डललाई जिल्ला प्रहरी कार्यालय सुनसरीसँगको समन्वयमा नियन्त्रणमा लिइएको छ । पक्राउ परेका चालक र गाडीलाई इलाका प्रहरी कार्यालय पथरी, मोरङमा ल्याएर थप अनुसन्धान कार्य भइरहेको प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप