आयुर्वेदिक सिल्भर वार्म थेरापी तेलको डुप्लिकेट उत्पादन बेचेको आरोपमा ५ जना पक्राउ
सारांश
- प्रहरीले आयुर्वेदिक सिल्भर वार्म थेरापी तेलको नक्कली उत्पादन गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ ।
- उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौँको कलङ्की, बागबजार र ललितपुरको टीकाथलीमा छापा मारेर नक्कली तेल र प्याकिङ कभर बरामद गरेको छ ।
- आरोपीहरूमाथि कालोबजारी र उपभोक्ता संरक्षण ऐन अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको छ ।
काठमाडौँ । प्रहरीले आयुर्वेदिक सिल्भर वार्म थेरापी तेलको नक्कली उत्पादन गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले नक्कली तेलको गोदाममा छापा मारेर ठुलो परिमाणमा तेल पनि बरामद गरेको छ ।
काठमाडौँको कलङ्की, बागबजार र ललितपुरको टीकाथलीमा छापा मारेर नक्कली तेल र प्याकिङ कभर बरामद गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले बताए । पक्राउ पर्नेमा प्युठान घर भएका रामप्रसाद पोखरेल, ताप्लेजुङको खेवाङ घर भएका आइतमान ताम्लिङ लिम्बु र उनका भाइ बुद्धिमान ताम्लिङ लिम्बुसहित ५ जना छन् ।
दुखाई निको हुने भन्दै मसाज गर्न आयुर्वेदिक तेल प्रयोग गरिन्छ । प्रहरीले नक्कली सिल्भर वार्म थेरापी तेल र जाइफल मिश्रित तेल पनि बरामद गरेको छ । आरोपीहरूमाथि कालोबजारी र उपभोक्ता संरक्षण ऐन अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको एसएसपी खड्काले जानकारी दिए ।
अनुसन्धान कार्यालयको टोलीले बागबजारबाट छाप्दै गरेको अवस्थामा नक्कली तेलमा प्रयोग गरिने करिब ५० हजार पिस कभर बरामद गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीको लहरले बेलायती अर्थतन्त्रमा एक अर्ब १५ करोड पाउन्डको क्षति
-
चलचित्र क्षेत्रलाई उद्योगको मान्यता दिने विषयमा छलफल
-
भन्सार छलेर ल्याइएका लत्ताकपडा बरामद
-
‘रेड सी’ मा हुथी समूहले इन्धन ट्याङ्करमाथि गरेको आक्रमणको इयूद्वारा निन्दा
-
पूर्वाधार न्यायाधीकरणसम्बन्धी विधेयकलाई अन्तिम रूप दिइँदै
-
नेपाल र सिचुआन प्रान्तबिच संस्कृति र पर्यटन प्रवर्द्धन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण