कांग्रेसले घोषणा गर्यो ‘एनसी फर एनसी’ अभियान
सारांश
- नेपाली कांग्रेसले बीपी कोइरालाको ४४ औँ स्मृति दिवसका अवसरमा ‘एनसी फर एनसी’ नामक नयाँ अभियान घोषणा गरेको छ ।
- राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा सभापति गगन थापाले यो अभियानको घोषणा गरेका हुन् ।
- यो अभियान भदौ २४ गते विश्वेश्वर कोइरालाको जन्म जयन्तीका अवसरमा सुरु हुनेछ ।
काठमाडौँ । नेपाली कांग्रेसले नयाँ अभियान घोषणा गरेको छ । बीपी कोइरालाको ४४ औँ स्मृति दिवसका अवसरमा बिहीबार राष्ट्रिय सभागृहमा आयोजित ‘नवीन परिस्थिति, नवीन संकल्प, नवीन अभियान’ घोषणा कार्यक्रममा सभापति गगन थापाले यो अभियानको घोषणा गरेका हुन् ।
यसको उद्देश्य नेपाली कांग्रेस फर नेशनल कज हुने बताए । यो अभियान भदौ २४ गते विश्वेश्वर कोइरालाको जन्म जयन्तीका अवसर पारेर सुरुवात गरिने थापाले बताए।
एनसी फर एनसी अभियानले ४ वटा क्लस्टरमा काम गर्ने सभापति थापाले बताए । ती चार कलस्टरमध्ये पहिलोमा पार्टीका सदस्यहरूले रक्तदान, श्रमदान लगायत विषयमा प्रण गर्ने काम गर्नुपर्ने थापाले बताए । दोस्रोमा वैयक्तिक सहयोग अभियानमा सहभागी हुने, तेस्रोमा नागरिक अभियानमा लाग्ने र चौथोमा सुशासन अभियानमा लाग्ने गरी अभियान सञ्चालन गरिने सभापति थापाको भनाइ थियो । यो सबैले अनिवार्य गर्नुपर्ने नभई स्वेच्छिक रहेको थापाले बताए ।
पार्टीलाई जीवित राख्न, जनविश्वास पुनर्स्थापित गर्न अभियानको सुरु गर्न लागिएको थापाको भनाइ छ । अभियानको साझा उद्देश्य नागरिकको हितमा काम गर्ने रहेको उनले बताए।
आजदेखि भदौ २४ गतेसम्म सबैले आफू सहभागी हुने र आफूले सञ्चालन गर्ने अभियानबारे सोच्ने र भदौ २४ गते बीपी जयन्तीका दिन प्रण गर्दै घोषणा गर्नुपर्ने थापाले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ठमेलमा पर्यटकलाई दुःख दिने र प्रहरीमाथि अभद्र व्यवहार गर्ने २३ जना पक्राउ
-
नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबिच छलफल
-
यसरी सम्भव छ बाह्रैमास पर्यटन
-
जर्मन फरवार्ड करिम अदेयेमी बार्सिलोनामा अनुबन्ध, २२ मिलियन युरोको सम्झौता
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण